मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने सरकारको निर्णय

बिहीबार, ११ फागुन २०७९, १८ : ३४
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय भएको एक मन्त्रीले रातोपाटीलाई बताए ।

ती मन्त्रीका अनुसार बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिने वा अन्य कुनै व्यवस्था गरेर भएपनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो । सरकारले अत्यावश्यक कार्यालय कुन-कुन हुन भनेर सूचीसमेत तयार गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप