अलांकारिक राष्ट्रपतिलाई कार्यकारी राष्ट्रपतिको रूपमा प्रयोग गर्न खोजिएको छ : अध्यक्ष केसी
शुक्रबार, १२ फागुन २०७९, १८ : ०२

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिको पदलाई कार्यकारी बनाउने खेल भइरहेको बताएका छन् ।
शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले राष्ट्रपतिको पद अलांकारिक भएपनि कार्यकारी राष्ट्रपतिको रूपमा प्रयोग गर्न खोजिएको बताएका हुन् । उनले राष्ट्रपतिको पदलाई सक्रिय बनाउन खोज्नुले जनतामाझ नराम्रो सन्देश गएको बताए ।
दलहरुले राष्ट्रपतिलाई सक्रिय बनाउन खोजेसँगै शक्ति राष्ट्रहरुको पनि दौडधुप बढेको उनले बताए । शक्ति राष्ट्रहरुको बढ्दो आवत्–जावत्ले राजनीतिक पार्टीहरुको स्तर पनि गुमाएको उनले बताए ।
उनले नेपाली काँग्रेससहितको पुरानो पाँचदलिय गठबन्धन बन्न लागेको बताए । उनले नयाँ सरकार बनेपनि राष्ट्रिय जनमोर्चाको नीति सरकारमा जाने नरहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
मनसुनीसहित चार वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ