शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानले पायो चीनबाट ७० करोड डलरको ऋण, अमेरिकाद्वारा चिन्ता व्यक्त

शनिबार, १३ फागुन २०७९, ०९ : ३४
शनिबार, १३ फागुन २०७९

चीनले पाकिस्तानलाई ७० करोड डलर ऋण दिएपछि अमेरिकाले यसप्रति चिन्ता व्यक्त गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेश मन्त्री डोनाल्ड लुले चीनले भारी ऋणका कारण उत्पन्न परिस्थितिको फाइदा उठाउने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण एसियाका देशहरूलाई औँल्याउँदै लुले भने, ‘अमेरिकाले यस क्षेत्रका देशहरूसँग आफ्नो निर्णय आफैँ लिन र चीनजस्तो कुनै अन्य देशको दबाबमा नआउन भनिरहेको छ ।’

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिन पाकिस्तानको वार्ताको बीचमा चीनले यो कदम चालेको हो । पाकिस्तानका अर्थमन्त्री इशाक दारले अघिल्लो हप्ता चाइना डेभलपमेन्ट बैङ्कसँग सबै औपचारिकता पूरा भइसकेको बताउँदै केही दिनमा पाकिस्तानले ७० करोड डलर ऋण पाउने अपेक्षा रहेको जानकारी दिएका थिए ।

शुक्रवार साँझ उनले ट्विट गर्दै चीनबाट ऋण पाएको जानकारी दिए ।

अमेरिकाद्वारा चिन्ता व्यक्त 

समाचार एजेन्सी पीटीआईका अनुसार डोनाल्ड लुले पाकिस्तान र श्रीलङ्कातर्फ इशारा गर्दै भने, ‘चीनले भारतका छिमेकीहरूलाई ऋण दिइरहेको छ जुन चिन्ताको विषय हो । उनीहरूले यसको प्रयोग गरेर फाइदा लिने हो कि भनेर हामी चिन्तित छौँ ।’

अमेरिकी रक्षा मन्त्री एन्टोनी ब्लिन्केनको भ्रमण अघि डोनाल्ड लुले यस्तो बताएका हुन् ।

अर्को महिना हुन लागेको जी२० देशका विदेश मन्त्रीहरूको बैठकमा भाग लिन ब्लिन्केन १ देखि ३ तारिखसम्म भारतको भ्रमणमा हुनेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप