रियललाई १० खेलाडीमा सीमित एट्लेटिकोको धक्का
आइतबार, १४ फागुन २०७९, ०९ : ५९
मड्रिड । आफ्नै घरेलु मैदानमा १० खेलाडीमा सीमित एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएपछि साबिक विजेता रियल मड्रिडको उपाधि होडमा धक्का लागेको छ ।
एन्टोनियो रुडिगरलाई कुहिनाले हिकाएको भन्दै एन्जेल कोरेयाले रातो कार्ड पाएका थिए । तर, लगत्तै होजे गिमिनेजले बर्नेबाउमा एट्लटिकोलाई अप्रत्याशित अग्रता दिलाएका थिए ।
खेलको ८५ औँ मिनेटमा युवा खेलाडी अल्भारो रोड्रिग्वेजले क्लबका लागि पहिलो गोल गर्दै खेल बराबरी गरे । मड्रिड डर्बीमा गोल गर्ने रोड्रिग्वेज यो शताब्दीकै सबैभन्दा कम उमेरका खेलाडी हुन् ।
बराबरीपछि रियल बार्सिलोनाभन्दा ७ अंकले पछि परेको छ । २२ खेल खेलेको बार्साको ५९ अंक रहेको छ भने २३ खेलपछि रियलको ५२ अंक छ । एट्लेटिको ४२ अंकसहित लिगको चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण