मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

शाखरुखको तारिफ गर्दै हिरानीले भने, ‘काश, मैले उनीसँग पहिले नै काम गरेको भए !’

आइतबार, १४ फागुन २०७९, १४ : ४४
आइतबार, १४ फागुन २०७९

मुम्बई । पठानको सफलतापछि बलिउड अभिनेता शाहरुख खान यतिबेला ‘डंकी’ र ‘जवान’ को सुटिङमा व्यस्त छन् । डंकीमा उनी पहिलोपटक निर्देशक राजकुमार हिरानीसँग काम गरिरहेका छन् । 

हालै एक अन्तरवार्तामा हिरानीले शाखरुखको काम गर्ने तरिकाको बारेमा जानकारी दिँदै उनको खुलेर तारिफ गरेका छन् । यस दौरान उनले भने, ‘काश, मैले पहिले नै उनीसँग काम गरेको भए..।’

इन्डिया टुडेसँगको अन्तरवार्तामा हिरानीले भने, ‘शाहरुख आफ्नो घरबाट एक–एक सीन सुट गरेर मलाई पठाउँछन् । एउटा सीनलाई १५ भन्दा फरक तरिकाले गरेर देखाउँछन् । म सेटमा पुग्नुभन्दा अघि नै उनले के गर्न लागेका छन् भन्ने मलाई थाहा हुन्छ ।’

शाखरुखले दुई दिनको सुटिङ कहिलेकाहीँ दुई घण्टामा नै सक्ने गरेको भन्दै हिरानीले तारिफ गरे । ‘कहिलेकाहीँ एउटा सुटका लागि दुई दिन राखेको हुन्छ । उनले दुई घण्टामा नै त्यो काम पुरा गरिदिन्छन् । उनको भाषामा राम्रो कमान्ड छ र व्यक्तित्व पनि आकर्षक छ । बिहान ७ बजे सुटिङमा आएर उनले मलाई सर्प्राइज दिएका थिए ।’

शाहरुखको थप तारिफ गर्दै भने, ‘डंकी हाई पर्फर्मेन्स चलचित्र हो । यसमा थुप्रै मनोलग र लामा सीनहरु छन् । तर, शाहरुखले पुरै स्क्रिप्ट नै याद गरिसकेका थिए । उनीसँग काम गर्नु एउटा शानदार अनुभव रह्यो ।’

हिरानीले सन् २०१८ मा सञ्जु बनाएपछि निर्देशनमा फर्किएका हुन् । डंकीमा शाहरुखसँगै तापसी पन्नु र बोमन ईरानी मुख्य भूमिकामा देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप