डढेलो नियन्त्रणका लागि अग्निनियन्त्रक खटाउँदै कर्णाली प्रदेश सरकार
सुर्खेत । कर्णाली प्रदेश सरकारले वन डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक खटाउने भएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनाजस्ता कार्यका लागि एक सय १२ अग्निनियन्त्रक खटाउन लागेको हो ।
कर्णाली प्रदेश वन निर्देशनालयको आर्थिक वर्ष २०७९/२०८० को वार्षिक कार्यक्रमअनुसार वन डढेलो नियन्त्रण दस्तानिमार्णका लागि प्रदेशका दश वटै जिल्लामा अग्निनियन्त्रक भर्ना गरी खटाइने छ । उनीहरुले ९० दिनसम्म वनमा डढेलो हुनबाट जोगाउन काम गर्नेछन् ।
निर्देशनालयका अनुसार सुर्खेतमा २४, सल्यानमा १६, जुम्ला, दैलेख र जाजरकोटमा १२/१२, रुकुम पश्चिममा आठका साथै कालीकोट, हुम्ला, मुगु, र डोल्पामा भने सात/साता अग्नि नियन्त्रक खटिने छन् । निर्देशनालयका निर्देशक गोविन्दप्रसाद दाहालले आगलागीको जोखिम बढ्दै गएको र चैत, वैशाख तथा जेठमा आगलागीका घटना बढ्ने भएकाले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनाजस्ता कार्यमा जोड दिइने बताए ।
उनले अग्नि नियन्त्रकलाई आवश्यक तालिम दिएर सुरक्षा सामग्रीसहित परिचालन गरिने जानकारी दिए । चैत, वैशाख र जेठमा कर्णालीमा वन डढेलोका घटनाले जनधनको क्षति हुनसक्ने भएकाले न्यूनीकरणका लागि अभियान समेत सञ्चालन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण