सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

हङकङकी चर्चित मोडलको श्रीमान्‌ले गरे विभत्स हत्या, फ्रिज–सुप पकाउने भाँडोमा भेटियो शवको टुक्रा

सोमबार, १५ फागुन २०७९, ११ : ४०
सोमबार, १५ फागुन २०७९

हङकङमा एक चर्चित मोडल एबी चोइका पूर्व श्रीमानले उनको हत्या गरेर शवको टुक्रा टुक्रा पारेका छन् । प्रहरीले घरको फ्रिजबाट एबीको काटिएको खुट्टा भेटेका छन् । शवको अरू टुक्राको खोजी भइरहेको छ । मासु काट्ने चक्कु, इलेक्ट्रिक कटर र केही कपडा पनि बरामद गरिएको छ । 

२८ वर्षकी चोई २२ फेब्रुअरीदेखि हराइरहेकी थिइन् । प्रहरीले २४ फेब्रुअरीमा उनको घरको तलासी गर्‍यो । यति बेला फ्रिजबाट उनको काटिएको खुट्टा भेटियो । हत्याको आरोपमा २५ फेब्रुअरीमा एबीका पूर्व श्रीमान्‌लाई पक्राउ गरिएको छ । उनलाई सोधपुछ गरेर शवको अन्य टुक्राको खोजी भइरहेको छ ।

hongkongश्रीमान्‌का आमा–बुवा पनि पक्राउ

प्रहरीले एबीका पूर्व पति एलेक्स क्वाङका साथै उनका आमा–बुवा र भाइलाई पनि पक्राउ गरिएको छ । प्रहरी अधिकारी एलन चुङले भने, ‘हामी सहरको बाहिरी इलाकामा रहेको एक घरको तलासी लिन पुगेका थिए । यहाँ हामीले एबीको परिचय पत्र, क्रेडिट कार्ड र उनका अन्य सामान भेटेका छौँ । हामीले थप अनुसन्धान गर्दा फ्रिजमा उनको काटिएको खुट्टा भेट्यौँ ।’

hongkong1भाँडोमा मानव टिस्यु भेटियो : प्रहरी

प्रहरीका अनुसार यो हत्या सुनियोजित थियो । प्रहरी अधिकारी एलन चुंगले भने, ‘घरमा छिर्ने बित्तिकै हामी कुनै अपराध स्थलमा थियौँ भन्ने आभास भइसकेको थियो । हामीले घरमा यस्ता थुप्रै चिज भेटेका छौँ जुन हेर्दा यो नियोजित हत्या थियो भन्ने बुझिन्छ । घरका भित्ता कपडाले ढाकिएका थिए । भित्तामा रगत नलागोस् भनेर यस्तो गरिएको थियो ।’
उनले थपे, ‘यसबाहेक हामीले फेस सिल्ड, रेनकोट, पन्जा पनि भेटेका छौँ । यो यस्ता चिज हुन् जसमा लागेको रगत निकै सजिलै सफा गर्न सकिन्छ । हामीले सुप पकाउने भाँडोमा मानव टिस्यु पनि भेटेका छौँ । घरमा कुनै फर्निचर पनि थिएनन् । यहाँ मानव शरीर काट्नका लागि थुप्रै उपकरण पनि थिए । घर किन्न पनि यस्ता मानिसहरूले सहयोग गरे जसको क्रिमिनल रेकर्ड छ ।’

hongkong2भाग्ने कोसिस गरिरहेका थिए आरोपी

आरोपी पूर्व श्रीमान् भाग्ने योजनामा थिए । उनी समुद्री बाटो हुँदै भाग्ने योजना बनाइरहेको प्रहरीले जानकारी दिए  । चुंगले भने, ‘एबी चोई र पूर्व श्रीमान् एलेक्स क्वाङबीच पैसाको विषयमा विवाद थियो । घटनाको अनुसन्धान भइरहेको छ ।’

hongkong4कसरी भयो घटनाको खुलासा ?

प्रहरी अधिकारीले शुक्रवार हङकङकाे ताई पो गाउँबाट शवको टुक्रा भेटिएपछि अनुसन्धान गर्ने क्रममा यस घटनाबारे पर्दाफास भएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप