बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विवाहित महिला अर्को पुरुषसँग भागिन्, श्रीमानले बदला लिँदै श्रीमतीका प्रेमीकी पत्नी विवाह गरे

शनिबार, २० फागुन २०७९, १८ : ४८
शनिबार, २० फागुन २०७९

मानिसहरू भन्ने गर्छन् कि वास्तविक जीवन काल्पनिक भन्दा पनि अजिब हुन्छ र यो अचम्मको प्रेम कथाले यो कुरालाई प्रमाणित गरेको छ । भारतका एक व्यक्तिकी श्रीमती अर्को मानिसलाई भागिन् । ती श्रीमान्ले श्रीमतीका प्रेमीकी श्रीमतीसँग विवाह गर्ने निर्णय गरे । 

भारतको बिहार राज्यका निरज र रुबी देवीको सन् २००९ मा विवाह भएको थियो । यी दुईका चार सन्तान छन् । एक समयमा निरजले उनकी श्रीमतीको अन्य व्यक्तिसँग नै अफेयर भएको थाहा पाए । रुबीलाई उनका प्रेमीसँग छुटाउन उनले सक्दो प्रयास गरे तर उनी अघिल्लो वर्ष मुकेशसँग भागिन् । पछि उनीहरूले विवाह नै गरे । निरजले पछि पञ्चायतमा आफ्नो कुरा पनि राखे तर मुकेश र रुबीले आफ्नो ढिपी छोडेनन् । तर कथा यहाँ नै समाप्त हुँदैन ।

विवाहितहरू प्रेमी–प्रेमिकासँग भागेको समाचार हामीले समय समयमा सुन्दै आएका छौँ । र उनीहरूका पार्टनर कि त आफ्नो जीवनमा अघि बढ्छन् कि आफ्नो पार्टनर फर्कने आशा गरेर बस्छन् तर यो घटनामा भने निरजको जीवनमा तेस्रो व्यक्तिको आगमन भयो । उनकी श्रीमतीका प्रेमी पनि रुबी नै नाम भएकी महिलासँग विवाहित थिए र यी दुईका दुई सन्तान पनि थिएन । श्रीमती फर्किने कुनै छाँटकाँट नदेखेपछि उनले मुकेशकी श्रीमतीलाई विवाहको प्रस्ताव राखे । यो जोडीले अघिल्लो महिना विवाह गरे । यो घटनापछि उनीहरूको विवाहको चर्चा व्यापक छ ।

इन्डिया टुडेका अनुसार निरज र मुकेशकी श्रीमतीबीच त्यति बेला कुराकानी हुन थाल्यो जब यी दुईका पार्टनर सँगै भागे । दुःखका बेला सँगै रुँदा–रुँदै यी दुई एक–अर्काको मायामा परे । फेब्रुअरी १८ मा यी दुईले विवाह गरे र उनले मुकेशका सन्तानलाई आफ्नो सन्तानको रूपमा अपनाए । यस्तै, मुकेशले पनि उनका चार सन्तानमध्ये तीन जनालाई आफ्नै सन्तानको रूपमा स्वीकारेका छन् । एक जना छोरी निरजसँगै बस्छिन् ।

निरजले यसअघि मुकेशविरुद्ध आफ्नी श्रीमतीलाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि मुकेश अझै पनि फरारको सूचीमा छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप