शाहरुख–दीपिकाकाे फिल्म पठानले बनायो अर्को एउटा रेकर्ड
शाहरुख खान, दीपिका पादुकाेणको फिल्म पठानले कमाइको मामिलामा अर्को एउटा नयाँ रेकर्ड स्थापित गरेको छ । समाचार एजेन्सी पिटिआईका अनुसार फिल्म पठान हिन्दी सिनेमाको शीर्ष फिल्म बनेको छ । फिल्मले रिलिज पछि हालसम्म १०२८ करोड भारुभन्दा बढी कमाएको छ ।
यशराज फिल्म्सका अनुसार रिलिजको छैटौँ शुक्रवारको दिन फिल्मले एक करोडभन्दा बढी कमाएको छ । अन्य भाषामा पनि फिल्मको कमाई शुक्रवार २० लाखभन्दा बढी रह्यो ।
यशराज फिल्म्सले भन्यो, ‘फिल्म पठानको भारतमा हालसम्म कुल कमाई ६४१ करोडभन्दा बढी छ र विदेशमा फिल्मले ३८६ करोड भारुभन्दा बढी कमाएको छ ।’ फिल्म ‘पठान’ ले हिन्दी भाषामा ५२९ करोडभन्दा बढी कमाएको छ ।
शाहरुख़ की फ़िल्म 'पठान' की रफ़्तार पड़ी धीमी, पर बना एक बड़ा रिकॉर्ड
— BBC News Hindi (@BBCHindi) February 14, 2023
पूरी ख़बर: https://t.co/2rm4j2Cyu2 pic.twitter.com/lnM2fYtz2t
फिल्मका निर्देशक सिद्धार्थ आनन्दले एक बयानमा भने, ‘यो अद्भुत हो कि फिल्म ‘पठान’ भारतको शीर्ष हिन्दी फिल्म हो । पठानले पाएको प्रेम ऐतिहासिक हो र बक्स अफिसको नतिजाले यो सबै कुरा बताइरहेको छ । फिल्मको निर्देशकको रूपमा मलाई गर्व छ कि मैले यस्तो फिल्म बनाएँ जसले पूरा विश्वका मानिसलाई मनोरञ्जन दियो ।’
फिल्म पठान सबैभन्दा तीव्र र सबैभन्दा बढी कमाउने हिन्दी फिल्म हो । यो फिल्म २५ जनवरीमा रिलिज भएको थियो । शाहरुख खानको फिल्म चार वर्षपछि रिलिज भएको थियो । यस वर्ष शाहरुखको फिल्म डंकी र जवान पनि रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैपटक ६० सहसचिवको सरुवा (सूची)
-
सभामुखसँग कांग्रेसले भन्यो : नीति तथा कार्यक्रमपछि संसद्मा विरोध जारी रहन्छ
-
राजीनामा नदिएको भए उपेन्द्र यादवलाई गलहत्त्याएर निकालिन्थ्यो : माधव नेपाल
-
बारामा स्वास्थ्य बीमा कार्यक्रम : अस्पतालमा औषधि छैन, डाक्टरको सेवा पनि पाइँदैन
-
तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक, तस्बिरहरू
-
नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित