अब सबै माओवादीहरु एक ठाउँमा केन्द्रीत हुन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विभाजित माओवादीहरु एक हुने समय आएको बताएका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले समयले सबै माओवादीहरुलाई एक ठाउँमा बनाउन थालेको बताएका हुन् ।
‘मैले पटक पटक, चाहे जनयुद्ध दिवसका दिन होस् । चाहे सहिद दिवसको दिनको कुरा होस् । जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेलको सन्दर्भमा गोरखामा गएर अपिल गरेँ । अब समय आएको छ, सबै माओवादीहरु एक ठाउँमा केन्द्रीत हुन जरुरी छ’ प्रचण्डले भने, ‘माओवादी आन्दोलन ठूलो प्रवाहको रुपमा अगाडि आयो । शान्ति प्रक्रियामा आएपछि विभिन्न भंगालाहरुको रुपमा विभाजित भयो । अब समय बग्दै जाँदा ती सबै भंगालाहरु मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो ।’
सबै विभाजित माओवादी नेताहरुले पाएको शिक्षालाई आफ्नो सम्पत्ति सम्झेर एकता गर्नुपर्ने प्रचण्डले बताए । ‘बाबुरामजीले हासिल गरेका अनुभवहरु, विप्लवजीले हासिल गरेका अनुभवहरु, धर्मेन्द्रजीले हासिल गर्दै हुनुहुन्छ । किरणजीले हासिल गरेका अनुभवहरु, ती सबै अनुभवहरुलाई हाम्रा अनुभव भनौं’ उनले भने, ‘ती तितामिठा सबै अनुभव हाम्रै हुन् भन्ने अनुभव गरेका दिन हामी धेरै बलियो हुन्छौं ।’
माओवादी शक्तिशाली भए मात्रै परिवर्तनका उपलब्धीलाई रक्षा गर्न सकिने प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण