पठानले पछि पारेपछि बाहुबली–२ का निर्माताको प्रतिक्रिया : भने – रेकर्ड त तोडिन्छ नै तर...
पठानले बाहुबली २ को रेकर्ड तोडेको छ । अब बाहुबली २ का सह–निर्माता शोबु यार्लागड्डाले ट्विट गर्दै शाहरुख खान र पठानको सम्पूर्ण टिमलाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘रेकर्ड त टुट्नका लागि नै बन्छन् तर मलाई यो कुराको खुसी छ कि शाहरुख खानको फिल्मले यो रेकर्ड तोडेको छ ।’
पठानका निर्माताले पनि शोबूलाई धन्यवाद दिएका छन् । पठानले ४ मार्चमा नै बाहुबलीको रेकर्ड तोडेको थियो । पठानले अहिलेसम्म ५१३.७५ करोडको कमाई गरेको छ ।
यशराज फिल्म्सले आभार प्रकट गरेको छ
शोबुप्रति कृतज्ञता व्यक्त गर्दै यशराज फिल्म्सले पनि लेखेको छ, ‘भारतीय सिनेमा कसरी अगाडि बढिरहेको छ भन्ने देख्दा साँच्चै खुसी लागेको छ । एसएस राजामौली निर्देशित बाहुबली २ जस्ता ऐतिहासिक फिल्म बनाउनु भएकोमा धन्यवाद । यो फिल्मले हामीलाई थप मेहनत गर्न प्रेरित गरेको छ ।’
पठानले मात्र ३८ दिनमा बाहुबली २ को रेकर्ड तोड्यो
बाहुबली २ सन् २०१७ मा रिलिज भएको थियो । यसको हिन्दी संस्करणले ५१०.९० करोड कमाएको थियो । रिलिज भएयता यसले बनाएको कीर्तिमान अहिलेसम्म तोडिएको थिएन । अब शाहरुखले पठान मार्फत चार वर्षपछि कम ब्याक गरेर नयाँ कीर्तिमान बनाएका छन् । रिलिजको ३९ दिनपछि र नयाँ फिल्म रिलिज हुँदाहुँदै पनि पठानले शानदार कमाई गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण