पठानले पछि पारेपछि बाहुबली–२ का निर्माताको प्रतिक्रिया : भने – रेकर्ड त तोडिन्छ नै तर...

पठानले बाहुबली २ को रेकर्ड तोडेको छ । अब बाहुबली २ का सह–निर्माता शोबु यार्लागड्डाले ट्विट गर्दै शाहरुख खान र पठानको सम्पूर्ण टिमलाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘रेकर्ड त टुट्नका लागि नै बन्छन् तर मलाई यो कुराको खुसी छ कि शाहरुख खानको फिल्मले यो रेकर्ड तोडेको छ ।’
पठानका निर्माताले पनि शोबूलाई धन्यवाद दिएका छन् । पठानले ४ मार्चमा नै बाहुबलीको रेकर्ड तोडेको थियो । पठानले अहिलेसम्म ५१३.७५ करोडको कमाई गरेको छ ।
यशराज फिल्म्सले आभार प्रकट गरेको छ
शोबुप्रति कृतज्ञता व्यक्त गर्दै यशराज फिल्म्सले पनि लेखेको छ, ‘भारतीय सिनेमा कसरी अगाडि बढिरहेको छ भन्ने देख्दा साँच्चै खुसी लागेको छ । एसएस राजामौली निर्देशित बाहुबली २ जस्ता ऐतिहासिक फिल्म बनाउनु भएकोमा धन्यवाद । यो फिल्मले हामीलाई थप मेहनत गर्न प्रेरित गरेको छ ।’
पठानले मात्र ३८ दिनमा बाहुबली २ को रेकर्ड तोड्यो
बाहुबली २ सन् २०१७ मा रिलिज भएको थियो । यसको हिन्दी संस्करणले ५१०.९० करोड कमाएको थियो । रिलिज भएयता यसले बनाएको कीर्तिमान अहिलेसम्म तोडिएको थिएन । अब शाहरुखले पठान मार्फत चार वर्षपछि कम ब्याक गरेर नयाँ कीर्तिमान बनाएका छन् । रिलिजको ३९ दिनपछि र नयाँ फिल्म रिलिज हुँदाहुँदै पनि पठानले शानदार कमाई गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
राष्ट्र बैंकको सिको गर्दै बीमा प्राधिकरण
-
बेलायतमा शरण खोज्ने आप्रवासीको सङ्ख्यामा वृद्धि
-
इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो
-
एउटै उद्योगले लिने धेरै सुविधा पुनरावलोकन गर्न महालेखाको सुझाव
-
विद्युत् प्रसारण अवरुद्ध भएपछि शाक्यले गरे वितरण प्रणालीको निरीक्षण (तस्बिरहरू)