शाहरुख खानको बङ्गलाको मेकअप रूपमा आठ घण्टासम्म लुकेका थिए दुई युवक : प्रहरी
बुधबार, २४ फागुन २०७९, १४ : ०६
बलिउड अभिनेता शाहरुख खानको बङ्गला ‘मन्नत’ भित्र छिरेको आरोपमा अघिल्लो हप्ता दुई युवकलाई पक्राउ गरिएको थियो ।
मुम्बई प्रहरीले सुरुवाती अनुसन्धानपछि यी दुई युवक शाहरुख खानको मेकअप रुममा करिब ८ घण्टासम्म लुकेका थिए भन्ने जानकारी दिएको छ ।
प्रहरीले भने, ‘दुवै अभियुक्त शाहरुख खानलाई भेट्न उनको बङ्गलामा छिरेका थिए र करिब आठ घण्टासम्म मेकअप रुममा अभिनेतालाई प्रतीक्षा गरिरहे । उनीहरू करिब ३ बजे बङ्गलामा छिरेका थिए जहाँ उनीहरूलाई करिब साढे १० बजे पक्राउ गरिएको थियो ।’
प्रहरीका अनुसार दुवै युवक पर्खाल नाघेर बङ्गलामा छिरेका थिए ।
यी दुई युवकको पहिचान साहिल खान र राम सराफ कुशवाहाको रूपमा भएको छ । प्रहरी सोधपुछका क्रममा युवकले आफ्नो उमेर २० र २२ वर्ष बताएका छन् र शाहरुखलाई भेट्न गुजरातको भरुचबाट आएको जानकारी दिए ।
हाल प्रहरीले दुईलाई सोधपुछ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण