एसियन कप छनोट : नेपालको विजयी सुरुवात, प्यालेस्टाइन ६–० गोल अन्तरले पराजित
काठमाडौँ । दीपा शाहीको ह्याट्रिक र गरिमा राईको दुई गोलको सहयोगमा बुधवार नेपाली यु–२० महिला टोलीले घरेलु टोली प्यालेस्टाइनलाई ६–० गोल अन्तरले पराजित गर्दै एसियन कप छनोट खेलमा सानदार सुरुवात गरेको छ ।
एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजना हुन लागेको छनोट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपालले आयोजक टोलीमाथि जित निकाल्न सफल भएको हो । यससँगै नेपालले पहिलो खेलबाट महत्त्वपूर्ण तीन अङ्क जोड्न सफल भएको छ । फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रङ्गशालामा बुधवार सम्पन्न खेलमा नेपाललाई सानदार जित दिलाउन दीपा शाहीले ह्याट्रिक पूरा गर्दा गरिमा राईले दुई तथा एक गोल उपहार पाएको थियो ।
खेलको सुरुवातबाट हाबी भएको नेपालले खेलको २१ औँ मिनेटमा दीपाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । २९ औँ मिनेटमा गरिमाले टोलीको अग्रता दोब्बर बनाउँदा पहिलो हाफमा नेपालले २–० ले अगाडि रहेको थियो । त्यसपछि नेपालले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो । ६४ औँ मिनेटमा दीपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ३–० ले अघि बढ्यो । ७५ औँ मिनेटमा दीपाले ह्याट्रिक पूरा गर्दै नेपालको अग्रता ४–० को अवस्थामा पु¥याउँदा ८३ औँ मिनेटमा गरिमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गर्न सफल भइन् । ८५ औँ मिनेटमा प्यालेस्टाइनकी गोलकिपर शारलोट फिलिप्सले आत्मघाती गोल गर्दा नेपालले ६–० को फराकिलो जित निकाल्न सफल भएको हो ।
नेपाल छनोटको समूह ‘बी’ प्यालेस्टाइन नर्दन मारियाना आइसल्यान्डसँगै छ । यो समूहमा रहेको संयुक्त अरब इमिरेट् (युएई) ले भने नामा फिर्ता लिएको थियो । नेपालले दोस्रो खेल सोमवार नर्दन मारियान आइसल्यान्डसँग खेल्नेछ । समूहको शीर्ष स्थान रहने टोलीले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण