शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिका रुपमा पौडेल सिंगो देशको अभिभावक बन्नु हुनेछ : लामिछाने

बिहीबार, २५ फागुन २०७९, १८ : २०
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल  सिंगो देशको अभिभावक बन्न विश्वास व्यक्त गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिँदै सिंगो देशको अभिभावक बन्नेमा विश्वास व्यक्त गरेका हुन् ।

सभापति लामिछाने सामाजिक सञ्जाल फेसबुक लेखेका छन्, ‘मुलुकको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेलज्युलाई हार्दिक बधाई दिन चाहन्छु। सिंगो देशको अभिभावक बन्नु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु।’

बिहीबार भएको निर्वाचनमा पौडेल एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप