शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

बुटवल औद्योगिक क्षेत्र उद्योग संघमा नयाँ नेतृत्व चयन

शुक्रबार, २६ फागुन २०७९, २१ : १२
शुक्रबार, २६ फागुन २०७९

बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २१ औँ वार्षिक साधारणसभा तथा ११ औँ अधिवेशन  आज बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले संघको अध्यक्षमा हिरामणि भट्टराई पुनः सर्वसम्मत निर्वाचित  गरेको छ । उपाध्यक्षमा उपेन्द्र अग्रवाल, महासचिवमा प्रज्वलन थान्जु, कोषाध्यक्षमा कमल ज्ञवाली, सचिवमा रामप्रसाद ज्ञवाली तथा सदस्यहरूमा यादवप्रसाद भण्डारी, कोसलराज भण्डारी, सुमन अस्याल र विनोदराज न्यौपाने निर्वाचित भएका छन् । 

नवनिर्वाचित नयाँ कार्य समितिलाई प्रमुख अतिथि प्रदेश प्रमुख अमिक शेरचनले प्रमाण वितरण गरेका थिए ।  बुटवल औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरू सदस्य रहने सङ्घमा ५७ उद्योग आबद्ध रहेका छन् । निर्वाचन समितिका संयोजन अधिवक्ता यमलाल खनालका अनुसार निर्वाचन कार्य तालिका अन्तरगत सबै पदमा एकल उम्मेदवारी परेका कारण नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको छ । 

अधिवेशनको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्दै नेपालको आर्थिक विकास र औद्योगिक विकासका लागि स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
उनले परम्परागत उद्योगहरूको अवस्था अझ दयनीय रहेको बताउँदै राष्ट्रको विकासका लागि राष्ट्रिय सोचको विकास पहिलो सर्त भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप