उपराष्ट्रपति निर्वाचन : भोटका लागि अपिल गर्दै रामसहायले पठाए सांसदहरुलाई सन्देश

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले आफूलाई मतदान गर्न सांसदहरुलाई मोबाइल सन्देश पठाएका छन् ।
संघीय र प्रदेश सभाका ८८५ सांसदलाई भोटका लागि अपिल गर्दै यादवले आइतबार मोबाइल सन्देश पठाएका हुन् ।
२०७९ चैत्र ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म संघीय संसद् भवनमा उपस्थित भई आफ्नो अमूल्य मत दिएर विजयी गराउन यादवले प्रदेश तथा संघीयसांसदलाई आग्रह गरेका छन् ।
‘नेपालको संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, स्वाधीनताको रक्षा, शान्ति, स्थिरता र सुशासनसहित जनताको समुन्नति र समृद्धिको लक्ष्य प्राप्त गर्न सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ उपराष्ट्रपतिको गरिमामय पदमा उम्मेदवारी प्रस्तुत गरेको छु,’ उनले पठाएको सन्देशमा उल्लेख गरिएको छ ।
यादवले सबै सांसदहरुलाई भोटका लागि अपिल गर्दै पत्र समेत पठाउने तयारी गरेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार