उपराष्ट्रपति निर्वाचन : भोटका लागि अपिल गर्दै रामसहायले पठाए सांसदहरुलाई सन्देश
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले आफूलाई मतदान गर्न सांसदहरुलाई मोबाइल सन्देश पठाएका छन् ।
संघीय र प्रदेश सभाका ८८५ सांसदलाई भोटका लागि अपिल गर्दै यादवले आइतबार मोबाइल सन्देश पठाएका हुन् ।
२०७९ चैत्र ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म संघीय संसद् भवनमा उपस्थित भई आफ्नो अमूल्य मत दिएर विजयी गराउन यादवले प्रदेश तथा संघीयसांसदलाई आग्रह गरेका छन् ।
‘नेपालको संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, स्वाधीनताको रक्षा, शान्ति, स्थिरता र सुशासनसहित जनताको समुन्नति र समृद्धिको लक्ष्य प्राप्त गर्न सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ उपराष्ट्रपतिको गरिमामय पदमा उम्मेदवारी प्रस्तुत गरेको छु,’ उनले पठाएको सन्देशमा उल्लेख गरिएको छ ।
यादवले सबै सांसदहरुलाई भोटका लागि अपिल गर्दै पत्र समेत पठाउने तयारी गरेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण