अमेरिकामा ३ दिनमा दोस्रो बैंक समस्यामा, सिग्नेचर बैंक पनि बन्द
वासिङ्टन । विश्वकै सबैभन्दा ठूलो र सबल अर्थतन्त्र भएको अमेरिकामा पछिल्लो तीन दिनको अवधिमा दुई वटा बैंक बन्द भएका छन् । अमेरिकाको नियामक निकायले सिलिकन भ्याली बैंकपछि न्यूयोर्कमा अवस्थित सिग्नेचर बैंकलाई पनि बन्द गराएका हुन् ।
यो बैंक विशेषगरी क्रिप्टो करेन्सीको कारोबार गर्दै आएको थियो । तर, अर्थतन्त्रमा समस्या आएसँगै नियामक निकाय फेडेरल रिजर्भले बैंक बन्द गराएको समाचार एजेनसीहरुले उल्लेख गरेका छन् ।
अमेरिकी समाचार संस्था सीएनबीसीले नियामकले सिग्नेचर बैंकलाई बन्द गराएको उल्लेख गरेको छ । ‘हामी यो घोषणा गर्दछौं कि सिग्नेचर बैंकमा प्रणालीगत जोखिम बढेपछि न्यूयोर्कमा आधारित बैंक बन्द गरिएको छ,’ फेडेर रिजर्भ बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ । बैंक बन्द गरिएपनि बैंकमा राखिएको डिपोजिट भने सुरक्षित छ । र, निक्षेपकर्ताले आफ्नो डिपोजिट रकम पाउनेछन् ।
यसअघि अमेरिकी नियामक नियकाले शुक्रबार अमेरिकाकै अर्को बैंक सिलिकन भ्याली बन्द गराएको थियो । र, उक्त बैंकमा रहेको सम्पूर्ण रकम आफ्नो कब्जामा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण