अपराध
पृथ्वी शाहसहित ६ जनालाई थुनामा राख्न आदेश
एक जना धरौटीमा रिहा
मङ्गलबार, ३० फागुन २०७९, १० : ४१
काठमाडौँ । ठगी र किर्तेसहित चारवटा मुद्दामा पृथ्वी बहादुर शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतले शाह र उनका भाइ विजयविक्रम शाहलाई सोमबार कारागारमा पठाउन आदेश गरेको हो । अछाम घर भएका ३५ वर्षीय शाह सहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेको थियो ।
पक्राउ परेका मध्ये ६ जनालाई अदालतको आदेश अनुसार थुनामा पठाइएको सिआईबीका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । शाहसँगै पक्राउ परेकी मनिका तामाङलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
सिआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध ठगी, लिखत सम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराध विरुद्ध अभियोगपत्र दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण