शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

वैदेशिक रोजगारीमा रहेकालाई राहत : अब गन्तव्य मुलुकबाटै पुनः श्रम स्वीकृति

नेपाली कुटनीतिक नियोगबाटै गराउने तयारी
बुधबार, ०१ चैत २०७९, १७ : ३०
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । सरकारले पुनः श्रमस्वीकृति अब गन्तब्य मुलुकबाटै जारी गर्ने निर्णय गरेको छ। यसका लागि ‘वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली’ बन्न लागेको छ। श्रमिकले विदेशबाटै बैंकिङ प्रणाली र मोबाइल एपबाट नेपालका खातामा पैसा जम्मा गर्न सक्ने व्यवस्था समेत गरिने भएको छ।  बुधबार प्रधानमन्त्रीस्तरीय निर्णयबाट गरिएको यो निर्णयले श्रमिकले लामो समयदेखि झेल्दै आएका समस्या समाधान हुने बुझाई मन्त्रालयको छ। 

पूनः श्रमस्वीकृति लिन श्रमिकहरु नेपाल आउनुपर्ने बाध्य हुँदा अब उनीहरुले भोग्दै आएको पीडा र समस्या समाधान हुने बुझाई श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको छ।  यो प्रावधान राहत तथा उद्धारसँग सम्बन्धित रहेको छ । दुई वर्षे करारपत्र पूरा भएपछि कामदारले पुनः श्रमस्वीकृति गर्नुपर्ने बाध्यकारी प्रावधान थियो ।

‘मन्त्रालयले मूल्यांकन गर्दा श्रमिक कामदारको कार्य अवधि र भिषा अवधि छदै श्रम स्वीकृतिका कारण बीचमा नै नेपाल फर्किनु परेको, विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नघाई बस्नुपर्ने अवस्था देखियो,‘ सचिव अर्यालले रातोपाटीसँग भने,‘ कामदारले धेरै झैझमेला मोल्नुपर्ने भएकोले सम्बन्धित मुलुकबाटै कार्य अनुमति/ रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था गर्ने निर्णय गरेका हौं।’

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १७ (ग) मा भएकोपुन: श्रम स्वीकृतिको व्यबस्था हाल प्रभावकारी रुपमा कार्यान्वयनमा नआएको कारण विदेशमा कार्यरत नेपाली श्रमिकले धेरै दुःख पाएको,पुन: स्वीकृति लिन पनिपुन: नेपाल आउनुपर्ने भएको रपुन: श्रम स्वीकृति नभएको बेला भवितब्य परी मृत्यु भएमा मृत्यु भएका बखत पाउने राहत, उद्दार लगायतका सुविधा कानुन वमोजिम उपलब्ध गराउन नसकिएको पक्षलाई ख्याल गरेको सचिव अर्याल बताउँछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप