यूएईद्वारा नेपाललाई ३११ रनको लक्ष्य
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । यूएईका लागि आसिफ खानले शतकिय पारी खेले । आसिफले ४२ बल खेल्दै ४ चौका र ११ छक्काको सहयोगमा १०१ रन बनाए ।
कप्तान मोहमद वसिम र भिर्टिया अबिन्द्रले अर्धशतकीय पारी खेले । त्यस्तै वसिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६३ रन बनाए । अबिन्द्रले १३८ बल खेल्दै ८ चौका र २ छक्काको सहयोगमा ९४ रन बनाए । यूएईका रोहन मुस्तफाले २० रन बनाए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंसीले एक एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल सोझै विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ । यता यूएई पनि आजको खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । लिग–२ मा नेपाल ३५ खेलबाट १८ जितसँगै ३८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । यूएई ३५ खेलबाट ३३ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण