शंकरदेव क्याम्पसमा ३५ प्रतिशत मात्रै मत खस्यो
आइतबार, ०५ चैत २०७९, १६ : ४८
काठमाडौँ । शंकरदेव क्याम्पसमा ३५ प्रतिशत मत खसेको छ । ८ हजार ८४८ मतदाता विद्यार्थी रहेकोमा ३ हजार १७७ मत खसेको छ ।
५ हजार ६७१ मतदाता विद्यार्थीले मत हालेनन् ।
अब सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिनेछ । सर्वदलीय बैठकबाट कोड अफ कण्डक्ट तयार पारेर मतगणना सुरु गरिनेछ ।
आजै राति मत परिणाम आउन सक्नेछ ।
शंकरदेवमा मतदान भइरहेको बेला फर्जी मतदाता देखिएपछि केही समय अवरुद्ध भएको थियो । त्यसपछि प्रहरीले १२ जना फर्जी मतदातालाई नियन्त्रण लिएपछि पुनः मतदान चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण