संसद बैठक
प्रधानमन्त्रीको प्रतिबद्धता : विकासमा क्रम भङ्ग गर्दै नयाँ मोडल ल्याउने
सोमबार, ०६ चैत २०७९, १३ : ५३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले विकासको नयाँ मोडल ल्याउने बताएका छन् । उनले विकास निर्माण टालटुले प्रक्रियाबाट सम्भव नहुने भएकाले त्यसलाई क्रमभङ्ग गरेर नयाँ मोडल ल्याउन जरुरी रहेको बताए ।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १६ औँ विकास योजनामा विकासको नयाँ मोडल पेस गर्ने सरकारको तयारी रहेको बताएका हुन् ।
‘यो अवस्थाबाट पार पाउन पहिले कार्यान्वयन गरिआएका नीति योजना र कार्यक्रममा टालटुल गरेर अव सुधार हुन सम्भव छैन । क्रमभङ्ग नै जरुरी छ । त्यसैले १६ औँ विकास योजनामा विकासको नयाँ मोडल पेस गर्ने सरकारको तयारी रहेको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण