शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयनताराले लिएकी छैनन् अभिनयबाट ब्रेक, छिट्टै प्रदीप रंगनाथनसँग देखिने

बुधबार, ०८ चैत २०७९, १९ : ०८
बुधबार, ०८ चैत २०७९

मुम्बई । साउथकी लेडी सुपरस्टार नयनतारा यतिबेला परिवारसँग समय बिताइरहेकी छन् । निर्माता–निर्देशक विग्नेश शिवनसँग विवाह र जुम्ल्याहा सन्तानकी आमा बनेपछि उनले  परिवारलाई धेरै समय दिन थालेकी हुन् ।

केही अगाडि अभिनेत्रीले पारिवारिक कारणले फिल्मबाट टाढा रहने निर्णय गरेको समाचार आएको थियो । तर अहिले उनी चाँडै नै नयाँ फिल्ममा देखिने बताइन्छ । मिडिया रिपोर्टका अनुसार नयनतारा चाँडै नै उनका पति विग्नेश शिवनद्वारा निर्देशित फिल्ममा मुख्य भूमिकामा देखिनेछिन् ।

कमेडी थ्रिलर भनिएको फिल्ममा उनीसँगै अभिनेता प्रदीप रंगनाथन पनि मुख्य भूमिकामा रहनेछन् । फिल्मको काम केही सातामै सुरु हुने दाबी गरिएको छ । यद्यपि फिल्मको बारेमा अहिले कुनै आधिकारिक घोषणा गरिएको छैन । फिल्मको कलाकार फाइनल भएपछि घोषणा गर्ने निर्माण पक्षको योजना हो । मिडिया रिपोर्टमा फिल्म कमल हसनले निर्माण गर्न लागेको मात्र भनिएको छ ।

नयनतारा चाँडै शाहरुख खानको फिल्म ‘जवान’ मा पनि देखिनेछिन् । यही फिल्मबाट उनले बलिउडमा डेब्यु गर्दै छिन् । अभिनेत्रीले गत वर्ष जुनमा विग्नेशसँग विवाह गरेकी थिइन् । अक्टोबर २०२२ मा, दम्पती सरोगेसी मार्फत दुई सन्तानको अभिभावक बनेका थिए । केही समयअघि नयनताराले आफ्नो परिवार र श्रीमान्को प्रोडक्सन हाउसमा ध्यान केन्द्रित गर्न अभिनयबाट बिदा लिएको समाचार बाहिर आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप