नयनताराले लिएकी छैनन् अभिनयबाट ब्रेक, छिट्टै प्रदीप रंगनाथनसँग देखिने
मुम्बई । साउथकी लेडी सुपरस्टार नयनतारा यतिबेला परिवारसँग समय बिताइरहेकी छन् । निर्माता–निर्देशक विग्नेश शिवनसँग विवाह र जुम्ल्याहा सन्तानकी आमा बनेपछि उनले परिवारलाई धेरै समय दिन थालेकी हुन् ।
केही अगाडि अभिनेत्रीले पारिवारिक कारणले फिल्मबाट टाढा रहने निर्णय गरेको समाचार आएको थियो । तर अहिले उनी चाँडै नै नयाँ फिल्ममा देखिने बताइन्छ । मिडिया रिपोर्टका अनुसार नयनतारा चाँडै नै उनका पति विग्नेश शिवनद्वारा निर्देशित फिल्ममा मुख्य भूमिकामा देखिनेछिन् ।
कमेडी थ्रिलर भनिएको फिल्ममा उनीसँगै अभिनेता प्रदीप रंगनाथन पनि मुख्य भूमिकामा रहनेछन् । फिल्मको काम केही सातामै सुरु हुने दाबी गरिएको छ । यद्यपि फिल्मको बारेमा अहिले कुनै आधिकारिक घोषणा गरिएको छैन । फिल्मको कलाकार फाइनल भएपछि घोषणा गर्ने निर्माण पक्षको योजना हो । मिडिया रिपोर्टमा फिल्म कमल हसनले निर्माण गर्न लागेको मात्र भनिएको छ ।
नयनतारा चाँडै शाहरुख खानको फिल्म ‘जवान’ मा पनि देखिनेछिन् । यही फिल्मबाट उनले बलिउडमा डेब्यु गर्दै छिन् । अभिनेत्रीले गत वर्ष जुनमा विग्नेशसँग विवाह गरेकी थिइन् । अक्टोबर २०२२ मा, दम्पती सरोगेसी मार्फत दुई सन्तानको अभिभावक बनेका थिए । केही समयअघि नयनताराले आफ्नो परिवार र श्रीमान्को प्रोडक्सन हाउसमा ध्यान केन्द्रित गर्न अभिनयबाट बिदा लिएको समाचार बाहिर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण