राप्रपा र नेमकिपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

मकवानपुर । राप्रपा र नेमकिपाले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेमकिपा बागमती प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइ र राप्रपाका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने बताए ।
नेमकीपाका नेता गोर्साइले केन्द्रमा देखिएको राजनीतिक अस्थिरता प्रदेशमा पनि सरेको बताए । उनले अङ्कगणितलाई हेरेर देशका मुख्य दलहरू स्वर्थ पुरा गर्नमा नै केन्द्रीत भएको भन्दै विरोध जनाए । उनले देश र जनताले खोजेको समृद्धि वर्तमान सरकारले दिन नसक्ने भन्दै प्रदेशसभाका सबै दलहरू एकजुट भएर प्रदेशबासीको हितका लागि अघि बढ्नु पर्ने बताए । एमसिसी परियोजनामा हस्ताक्षरको विपक्षमा नेमकिपा रहेकाले वर्तमान सरकारको नेतृत्व गरिरहेको पार्टी पनि सो विषयमा हस्ताक्षरकर्ता भएकाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने उनले बताए ।
यता राप्रपाका नेता थापाले पार्टीको भन्दा सिद्धान्त नै फरक रहेको सरकारलाई समर्थन दिन नसक्ने बताए । उनले वर्तमान सरकार जनताप्रति उत्तरदायी नरहेको बताए । राप्रपाको विचार र सिद्धान्त अनुसार धारणा राख्न समेत नदिइएको भन्दै उनले गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले चार भ्रातृसंस्था भंग गर्ने
-
संयुक्त जनआन्दोलन समितिले वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्याली गर्ने
-
मेडिकलबाट ठुलो परिमाणमा लागुऔषध बरामद, सञ्चालक पक्राउ
-
मकवानपुर महिला राष्ट्रिय गोल्डकप : रौतहटलाई हराउँदै पुलिस सेमिफाइनलमा
-
कर्णालीमा बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरू हुने
-
विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल सकियो, प्रतिवेदन लेख्न थप समय माग्ने