हलिउड फिल्म गर्न रणवीरद्वारा अस्वीकार
मुम्बई । बलिउड अभिनेता रणवीर कपूरको हालै रिलिज भएको फिल्म ‘तू झुठी मैं मक्कार’ राम्रो व्यवसाय गरिरहेको छ । रणवीरले यो फिल्म मार्फत पहिलो पटक अभिनेत्री श्रद्धा कपूरसँग स्क्रिन शेयर गरेका छन् । फिल्मका निर्देशक लभ रञ्जन हुन् ।
रणवीर बलिउडका प्रतिभाशाली कलाकार मध्येका एक हुन् । अभिनय बलमा दर्शकको दिलमा राज गर्न सफल उनी फिल्म ‘सावरिया’ बाट अभिनयमा डेब्यु गरेका थिए । फिल्ममा उनीसँगै अभिनेत्री सोनम कपूर देखिएकी थिइन् ।
रणवीरले अहिलेसम्मको फिल्मी करियरमा उत्कृष्ट र हिट फिल्महरू दिएका छन् । यद्यपि उनी हलिउड फिल्म गर्न भने डराउने गरेका छन् । रणवीर आफैले हालै एक अन्तर्वार्ताको यो कुरो खुलासा गरेका हुन् । उनलाई हलिउडको ब्लकबस्टर फिल्ममा काम गर्ने अफर आएको थियो । उनले उक्त अफर अस्वीकार गरेका थिए ।
मिडिया रिपोटका अनुसार उनलाई हलिउड फिल्म ‘स्टार वार्स’ प्रस्ताव गरिएको थियो । तर उनले फिल्म गर्न अस्वीकार गरे । वन्डर वुमन फिल्मका निर्देशक प्याटी जेनकिन्सले उनलाई स्टार वार्स फिल्मको अफर गरेका थिए । फिल्मको मुख्य दोस्रो पात्रको रूपमा उनलाई अफर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण