मिसन ग्रासरुटले एमालेको उपचार गर्छ : उपाध्यक्ष ज्ञवाली
तनहुँ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले सञ्चालन भइरहेको मिसन ग्रासरुट अभियानले एमालेको उपचार गर्ने बताएका छन् । नेकपा (एमाले) तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज भानु नगरपालिका–१ भन्सारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञवालीले पार्टीमा रहेका रोग हटाउन मिसन ग्रासरुटले सहयोग पुग्ने बताए ।
“मिसन ग्रासरुट अभियानमा प्रत्येक टोलमा पुग्नुपर्छ, यो अभियानले एमालेको उपचार गर्छ, रोगहरू हटाउँछ र पार्टी पहिलेको भन्दा स्वस्थ बन्छ”, ज्ञवालीले भने, “आफ्ना असन्तुष्टिलाई थाँती राख्नुपर्छ । यो महाअभियान हो, सबै जना लाग्नुपर्छ ।”
तनहुँ–१ मा वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा ज्ञवालीले उम्मेदवार हुन कार्यकर्ताले मन पराउने मान्छे आवश्यक रहेको बताए । “जितेरमात्रै हुँदैन, टिक्ने पनि हुनुपर्यो, विगतमा धेरैले जितेर गए पनि टिक्न नसक्ने पनि छन्”, ज्ञवालीले भने, “सधैँभरि पार्टीको पक्षमा लाग्न सक्ने उम्मेदवार चाहिन्छ । सबै पार्टी कमिटी एकताबद्ध भएर चुनावमा लाग्नुपर्छ ।”
ज्ञवालीले चुनाव एउटा लडाइँ भएकाले त्यो लडाइँ एमालेले जित्नुपर्ने जिकिर गरे । कम्युनिष्टहरू सिद्धान्त, देश र जनताप्रति समर्पित हुनुपर्ने ज्ञवालीको जोड थियो । सुखी नेपाली समृद्ध नेपाल एमालेको मुख्य ध्येय भएको चर्चा गर्दै ज्ञवालीले देश समृद्ध मात्र भएर नभई जनता सुखी पनि हुनुपर्ने बताए ।
नेकपा (एमाले) केन्द्रीय सचिव पद्मा अर्यालले चुनाव वर्ग सङ्घर्ष भएको चर्चा गर्दै उक्त लडाइँमा दलाल पुँजीवादलाई पराजित गर्नुपर्ने बताइन् । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्यूरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपानेलगायतले पार्टीलाई बलियो बनाएर लैजानुको विकल्प नभएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण