शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युरो २०२४ छनोट : इंग्ल्याण्डको लगातार दोस्रो जीत

सोमबार, १३ चैत २०७९, ०८ : ५१
सोमबार, १३ चैत २०७९

लण्डन । इंग्ल्याण्डले युक्रेनलाई हराउँदै युरो २०२४ को छनोटमा अपराजित यात्रालाई कायम राखेको छ । समूह सी अन्तरगतको वेम्ब्ले मैदानमा भएको खेलमा इंग्ल्याण्ड २–० गोलले विजयी भएको हो ।

खेलको ३७ औँ मिनेटमा इंग्ल्याण्डका रेकर्ड गोलकर्ता ह्यारी केनले इंग्ल्याण्डलाई अग्रता दिलाए । राष्ट्रिय टोलीका लागि उनको गोल सङ्ख्या ५५ पुगेको छ । लगत्तै बुकायो साकाले टोलीको अग्रता दोब्बर बनाए ।

यसअघि इंग्ल्याण्डले पहिलो खेलमा इटालीमा पराजित गरेको थियो । गेराथ साउथगेटको टोलीले सन् १९६१ पछि इटालीको घरेलु मैदानमा उसलाई हराउन सफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप