आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

बुद्ध एयरले ल्यायो कस्टमर केयर सेवा सर्भिसः बालबालिका, वृद्ध, गर्भवतीलाई विशेष सेवा

मङ्गलबार, १४ चैत २०७९, १० : ३२
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । यात्रुलाई सहज हुने गरी बुद्ध एयरलाइन्सले स्पेसल एसिस्टेन्स सर्भिस सुरु गरेको छ ।  १२ वर्ष भन्दा मुनिका बालबालिका, वृद्ध, अपाङ्ग, २८ देखि ३२ हप्तासम्मको गर्भवती महिला र बिरामीलाई यात्रा अवधिभर सजिलोसँग यात्रा गर्न सकिने गरी बुद्ध ऐयरले  स्पेसल एसिस्टेन्स सर्भिस सुरु गरेको हो । 

एयर लाइन्सको वेबसाइट वा मोबाइल एप्सबाट टिकट खरिद गर्दा सो सेवा छनोट गर्न सकिन्छ । यो सर्भिस करिब दुई महिनादेखि अघि बढाइएको छ । 

काठमाडौँमा अध्ययन गर्दै आएका १२ वर्ष भन्दा मुनिका बालबालिका बिदा लगायतमा घर फर्किनु परेमा बुद्ध एयरले स्पेसल एसिस्टेन्स सर्भिस दिन्छ । मानौँ उनीहरूको अभिभावक भने पोखरामा छन् भने उनीहरूले टिकटका लागि एमाउण्ट फारम मात्र भरिदिए पुग्छ । त्यसपछिको यात्रामा रेखदेख गर्दै उनीहरूको अभिभावकहरूलाई जिम्मा लगाई दिने काम गर्दै आएको छ। 

सिटमा बस्न नसकिने बिरामीका लागि भने बिरामीको अनुरोधमा स्ट्रेचर सर्भिस प्रदान गर्दै आएको छ । तर, यस्तो बिरामीका लागि चिकित्सकले विमानको स्ट्रेचरमा उडान गर्न पूर्ण रूपमा योग्य छन्। फिट टु फ्लाईका लागि योग्य छ भनेर चिठ्ठी लेख्नुपर्ने हुन्छ । 

२८ देखि ३२ हप्ता सम्मका गर्भवतीलाई पनि रेखदेखका साथ गन्तव्यसम्म पुर्‍याइन्छ । नवजात शिशु अर्थात् जन्म भएको एक सातापछि उडानयोग्य मानिन्छ । त्यसमा पनि शिशुको स्वास्थ्य के कस्तो छ, नवजात शिशुका लागि फिट टु फ्लाई छ कि छैन भन्ने एउटा चिठ्ठी दिनुपर्ने हुन्छ । अनि मात्र उडान गर्न लागि अनुमति पाइन्छ । 

एयरलाइन्सले आन्तरिक उडान गर्ने सबै ठाउँमा स्पेसल एसिस्टेन्स सर्भिस सेवा दिँदै आएको छ । कस्टमर केयरका प्रमुख सुशील पोखरेलका अनुसार कस्टमरले सबै प्रक्रिया पुरा गरेमा विमानस्थलदेखि सुरक्षित गन्तव्यमा पुर्‍याइन्छ । अहिले यो अभियानबारे राम्रो प्रतिक्रिया आएको बताउँदै उनले भने, ‘टिकट काट्ने बेलामा यात्रुले म बिरामी छु, मलाई चाहिँ हेरचाह गर्नु पर्‍यो। मलाई ह्लीलचियर, अक्सिजन चाहियो । गन्तव्यमा पुगेपछि मलाई एम्बुलेन्स बोलाई दिनु भनेमा यसको व्यवस्थापन हामीले गरिदिने गरेका छौँ ।’

हिँड्न अप्ठ्यारो हुने बिरामी र ज्येष्ठ नागरिकहरू, ७० वर्ष माथिका लागि पनि सहज सेवा दिँदै आएको छ । उनले भने, ‘हजुरबा, हजुरआमाहरूलाई टिकट काटिदिएर विमानस्थल पुर्‍याइ दिए पुग्छ । अनुरोधअनुसार उहाँहरूलाई हेरचाह गरी सुरक्षित गन्तव्यसम्म पुर्‍याउने सेवा दिन्छौँ।’ 

स्पेसल एसिस्टेन्स सर्भिस सेवाग्राहीको पैसा र समय दुवै बचत हुने उनले बताए । यो सेवा लिन स्पेसल काउन्टर राखिएकाले लाइन बस्नु नपर्ने र झन्झटिलो नहुने उनले बताए । बुद्ध एयरले दैनिक ८  हजार भन्दा बढी यात्रुहरूलाई सेवा पुर्‍याउँदै आएको छ । पर्यटन क्षेत्रलाई पनि विशेष टेवा दिँदै आएको यसले करिब १५ सय जनालाई रोजगारी दिएको छ। 

यात्रुहरूलाई कसरी सम्हाल्ने, स्वदेशी तथा विदेशी यात्रुलाई कसरी व्यवहार गर्ने, बोल्ने भनेर बुद्ध एयरले यस अघि नै तीन सय भन्दा बढी कर्मचारीहरूलाई तालिम दिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप