प्रचण्डसँग छलफल गर्न एकीकृत समाजवादीका शीर्ष नेता बालुवाटारमा
काठमाडौँ । मन्त्रालय भागबन्डा पेचिलो बनिरहेका बेला नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।
अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झालनाथ खनाल महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालालाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । अहिले प्रधानमन्त्री र समाजवादीका नेताहरुबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर गृह मन्त्रालय माओवादी केन्द्र आफैले राख्ने बताउँदै आएको छ । एकीकृत समाजवादीले गृहको दाबी गरे पनि सहमतिमा अन्य कुनै तीन मन्त्रालय पाए सहमति जुट्ने नेताहरूले बताएका छन् ।
आजै साँझ ४ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठकमा कुरा मिले आजै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । नेकपा एकीकृत समाजवादीले केन्द्रमा तीन मन्त्री र सातै प्रदेशमा एक एकजना भएपनि मन्त्री र एक प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने र यो विषयमा प्याकेजमा सहमति गर्नुपर्ने बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण