मिटरब्याजी पीडितको मागलाई दिगो रूपमा सम्बोधन गर्न विवेकशील साझाको माग

काठमाडौँ । विवेकशील साझा पार्टीले मिटरब्याजी पीडितको मागलाई दिगो रूपमा सम्बोधन गर्न आग्रह गरेको छ । सो पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले बुधबार जारी गरेको विज्ञप्तिमा मिटरब्याजको पीडा राष्ट्रिय समस्याकै रूपमा बढ्दै गइरहेको उल्लेख छ । यस्तो अवस्थामा मुलुकी अपराध संहिता २०७४ संशोधन गरेरै मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढाउन र देशभर आफ्ना संयन्त्रहरू मार्फत “विशेष कार्यान्वयन अभियान” नै चलाएर मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
आफ्ना माग सरकारलाई सुनाउन १२ दिनको पैदल यात्रा तय गरेर बर्दिवासबाट काठमाडौँ आउनुपर्ने अवस्था आउनु दुखद् भएको विज्ञप्तिमा उल्लेख छ ।
आफ्ना माग पूरा नभएसम्म नफर्किने मिटरब्याजी पीडितहरूको नैसर्गिक अधिकारको सम्मान गर्दै आन्दोलनमा पार्टीको ऐक्यबद्धता रहेको बाँस्कोटाले उल्लेख गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी