मिटरब्याजी पीडितको मागलाई दिगो रूपमा सम्बोधन गर्न विवेकशील साझाको माग
काठमाडौँ । विवेकशील साझा पार्टीले मिटरब्याजी पीडितको मागलाई दिगो रूपमा सम्बोधन गर्न आग्रह गरेको छ । सो पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले बुधबार जारी गरेको विज्ञप्तिमा मिटरब्याजको पीडा राष्ट्रिय समस्याकै रूपमा बढ्दै गइरहेको उल्लेख छ । यस्तो अवस्थामा मुलुकी अपराध संहिता २०७४ संशोधन गरेरै मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढाउन र देशभर आफ्ना संयन्त्रहरू मार्फत “विशेष कार्यान्वयन अभियान” नै चलाएर मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
आफ्ना माग सरकारलाई सुनाउन १२ दिनको पैदल यात्रा तय गरेर बर्दिवासबाट काठमाडौँ आउनुपर्ने अवस्था आउनु दुखद् भएको विज्ञप्तिमा उल्लेख छ ।
आफ्ना माग पूरा नभएसम्म नफर्किने मिटरब्याजी पीडितहरूको नैसर्गिक अधिकारको सम्मान गर्दै आन्दोलनमा पार्टीको ऐक्यबद्धता रहेको बाँस्कोटाले उल्लेख गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण