आप सांसदसँग विवाह गर्दै परिणीति ?

मुम्बई । आम आदमी पार्टीका सांसद राघव चड्ढा र बलिउड अभिनेत्री परिणीति चोपडा पछिल्लो हप्ता मुम्बईमा एकसाथ डिनरमा देखिएका थिए । त्यसपछि दुईजनाको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजीहरु गरिँदै आएको छ । दुई जनाले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर, राज्यसभा सांसद सञ्जीव अरोडाले एक कदम अगाडि बढेर राघव र परिणीतिलाई बधाई दिएका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘म हृदयदेखि राघव र परिणीतिलाई बधाई दिन चाहन्छु । उनीहरुको मिलन माया र खुसीले भरियोस् । मेरो शुभकामना !’
अरोडाको ट्वीटमा धेरैले बधाई दिन सुरु गरेका छन् । तर, अहिलेसम्म दुईले भविष्यको बारेमा फैसला लिन लागेका हुन् कि लिइसके भन्ने पुष्टि हुन सकेको छैन । हालै राघवसँग समाचार एजेन्सी एएनआईले परिणीतिसँगको विवाहबारे प्रश्न गरेको थियो । जवाफमा राघवले भनेका थिए, ‘मलाई राजनीतिबारे प्रश्न गर्नुहोला, परिणीतिबारे होइन । यदि विवाहको फैसला भयो भने म आफै जानकारी दिनेछु ।’ भारतीय मिडियाका अनुसार दुईजनाको परिवार निकै नजिक छन् र उनीहरू यो जोडीमा खुसी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा अनुचित सम्झौता हुँदैन : प्रचण्ड
-
एप र आउटलेटलाई विस्तार गर्दै क्लासिक टेक
-
बजेटमा बागमती : सुरुङ मार्गदेखि रेल मार्गसम्मका योजना
-
श्रोत सुनिश्चित नहुँदा आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण : चेम्बर
-
रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता, भोलि पेसी
-
गाँजा खेतीको सम्भावनाको अध्ययन गर्ने योजना सकारात्मक–चेम्बर