आप सांसदसँग विवाह गर्दै परिणीति ?
मुम्बई । आम आदमी पार्टीका सांसद राघव चड्ढा र बलिउड अभिनेत्री परिणीति चोपडा पछिल्लो हप्ता मुम्बईमा एकसाथ डिनरमा देखिएका थिए । त्यसपछि दुईजनाको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजीहरु गरिँदै आएको छ । दुई जनाले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर, राज्यसभा सांसद सञ्जीव अरोडाले एक कदम अगाडि बढेर राघव र परिणीतिलाई बधाई दिएका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘म हृदयदेखि राघव र परिणीतिलाई बधाई दिन चाहन्छु । उनीहरुको मिलन माया र खुसीले भरियोस् । मेरो शुभकामना !’
अरोडाको ट्वीटमा धेरैले बधाई दिन सुरु गरेका छन् । तर, अहिलेसम्म दुईले भविष्यको बारेमा फैसला लिन लागेका हुन् कि लिइसके भन्ने पुष्टि हुन सकेको छैन । हालै राघवसँग समाचार एजेन्सी एएनआईले परिणीतिसँगको विवाहबारे प्रश्न गरेको थियो । जवाफमा राघवले भनेका थिए, ‘मलाई राजनीतिबारे प्रश्न गर्नुहोला, परिणीतिबारे होइन । यदि विवाहको फैसला भयो भने म आफै जानकारी दिनेछु ।’ भारतीय मिडियाका अनुसार दुईजनाको परिवार निकै नजिक छन् र उनीहरू यो जोडीमा खुसी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण