केटाहरूसँग कुरा गर्न नपाएको झोकमा बाआमाको हत्या

उत्तर प्रदेश । उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् । हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन् ।
हत्या आरोपी कक्षा आठमा पढ्ने उनले केटाहरूको सङ्गत गर्न आमाबाबुले नदिएको झोकमा उनीहरूलाई मारेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । मृतक दम्पतीकी चार छोरीमध्ये जेठी उनले १५ दिन अघि आमाबाबुलाई मारेको स्वीकार गरेकी शिकारपुर प्रहरी कार्यालयले जनाएको छ ।
केटाहरूसँग कुराकानी गरेकामा आमाबाबुले गाली गर्दा रिसाएकी उनले दैनिक काम सकेर घर आएका आमाबाबुलाई चियामा निद्रा लाग्ने औषधि हालेर खुवाएकी थिइन् । औषधिको प्रभावले मस्त निदाएका आफ्ना बाआमाका शिरमा उनले निर्ममतापूर्वक पटक–पटक बञ्चरो प्रहार गरेकी थिइन् ।
४८ वर्षीय मोहम्मद शब्बीर र ४४ वर्षीया रेहाना केही दिनदेखि नदेखिएका तथ्यता उनीहरूको घरबाहिर रगतका टाटा देखेपछि छिमेकीले अपराधको आशङ्कामा प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो तर अभियुक्तको मोबाइल फोनमा भेटिएको ‘अडियो’ लाई लिएर कठोर रूपमा केरकार गरेपछि उनले अपराध स्वीकार गरिन् ।
हत्यामा प्रयोग गरिएको हतियार पनि प्रहरीले बरामद गरेको छ । अभियुक्तलाई बाल सुधार गृहमा पठाइएको छ । निद्राको औषधि बेच्ने २२ वर्षीय मोहम्मद अकिललाई पनि पक्राउ गरिएको छ । (रासस/पिटिआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो
-
तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा
-
विप्लवले भेटे झलनाथ खनाल