अफगानिस्तान : तालिबानद्वारा तीन बेलायती नागरिक पक्राउ
अफगानिस्तानमा तालिबानले तीन बेलायती नागरिकलाई हिरासतमा राखेको छ । मानवअधिकारकर्मीसँग सम्बन्धित एउटा संस्थाले यसबारे बीबीसीलाई जानकारी दिएको छ ।
प्रिसिडियम नेटवर्कका स्कट रिचर्ड्सले ती मध्ये एकलाई मिडल्सब्रोका ५३ वर्षीय केभिन कर्नवेलको नाम दिएका छन् ।
रिचर्ड्सले केभिन र अर्को अज्ञात व्यक्तिलाई जनवरी ११ मा पक्राउ गरिएको बताए । यसै क्रममा अर्का बेलायती नागरिकलाई पनि फरक मितिमा पक्राउ गरिएको थियो ।
बेलायतको विदेश मन्त्रालयले यी तीन व्यक्तिलाई सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ ।
प्रिसिडियम नेटवर्क युकेमा आधारित गैर–लाभकारी संस्था हो जसले हिंसा र गरिबीको जोखिममा रहेका मानिसहरूलाई मद्दत गर्दछ ।

माइल्स रटलेज
रिचर्ड्सका अनुसार उनको सङ्गठनले व्यावसायिक रूपमा प्यारामेडिक कर्नवेल र अन्य एक नाम नखुलाइएका व्यक्तिको प्रतिनिधित्व गरिरहेको छ । तेस्रो व्यक्ति बेलायती नागरिक नभएको बताइएको छ ।
उनका अनुसार यी तीन जना माथि अहिलेसम्म औपचारिक रूपमा आरोप लागेको छैन तर दुई जनालाई सायद कर्नवेलको कोठामा दराजमा एक हतियार भेटिएका कारण हिरासतमा लिइएको छ । कर्नवेलका अनुसार उनले यो हतियार अफगानिस्तानको गृह मन्त्रालयबाट पाएको लाइसेन्स पनि राखेका हुन् ।
उनले भने, ‘लाइसेन्स गायब छ । तर हामीले यस्ता थुप्रै साक्षीको बयान लिएका छौँ जसले लाइसेन्स देखेका छन् र यो साँच्चै नै थियो भनेर पुष्टि गरेका छन् ।’
‘यो पूर्ण रूपमा सम्भव छ कि अनुसन्धानको क्रममा लाइसेन्स हतियारबाट अलग भएको र यो सबै एक गलत बुझाइको नतिजा हो ।’
तेस्रो व्यक्तिको पहिचान माइल्स रटलेजको रूपमा भएको छ । २३ वर्षका रटलेज बर्मिङ्घममा बस्छन् र उनलाई अगस्ट २०२१ मा बेलायती सेनाले अफगानिस्तानबाट सुरक्षित बाहिर निकालेका थिए ।
रटलेजले खतरनाक देशको भ्रमण गरेर उनीहरूको तस्बिर सोसल मिडियामा राखेर मानिसहरूको ध्यान आकर्षित गरेका थिए ।
रिचर्डस्ले स्काई न्युजलाई भने, ‘हाम्रो जानकारीका अनुसार हामीलाई लाग्छ कि उनीहरू तीनै जना स्वस्थ छन् र उनीहरूमाथि राम्रो व्यवहार गरिँदै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण