शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तान : तालिबानद्वारा तीन बेलायती नागरिक पक्राउ

आइतबार, १९ चैत २०७९, ०९ : १५
आइतबार, १९ चैत २०७९

अफगानिस्तानमा तालिबानले तीन बेलायती नागरिकलाई हिरासतमा राखेको छ । मानवअधिकारकर्मीसँग सम्बन्धित एउटा संस्थाले यसबारे बीबीसीलाई जानकारी दिएको छ ।

प्रिसिडियम नेटवर्कका स्कट रिचर्ड्सले ती मध्ये एकलाई मिडल्सब्रोका ५३ वर्षीय केभिन कर्नवेलको नाम दिएका छन् ।

रिचर्ड्सले केभिन र अर्को अज्ञात व्यक्तिलाई जनवरी ११ मा पक्राउ गरिएको बताए । यसै क्रममा अर्का बेलायती नागरिकलाई पनि फरक मितिमा पक्राउ गरिएको थियो ।

बेलायतको विदेश मन्त्रालयले यी तीन व्यक्तिलाई सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ ।

प्रिसिडियम नेटवर्क युकेमा आधारित गैर–लाभकारी संस्था हो जसले हिंसा र गरिबीको जोखिममा रहेका मानिसहरूलाई मद्दत गर्दछ ।

britain1

माइल्स रटलेज

रिचर्ड्सका अनुसार उनको सङ्गठनले व्यावसायिक रूपमा प्यारामेडिक कर्नवेल र अन्य एक नाम नखुलाइएका व्यक्तिको प्रतिनिधित्व गरिरहेको छ । तेस्रो व्यक्ति बेलायती नागरिक नभएको बताइएको छ ।

उनका अनुसार यी तीन जना माथि अहिलेसम्म औपचारिक रूपमा आरोप लागेको छैन तर दुई जनालाई सायद कर्नवेलको कोठामा दराजमा एक हतियार भेटिएका कारण हिरासतमा लिइएको छ । कर्नवेलका अनुसार उनले यो हतियार अफगानिस्तानको गृह मन्त्रालयबाट पाएको लाइसेन्स पनि राखेका हुन् ।

उनले भने, ‘लाइसेन्स गायब छ । तर हामीले यस्ता थुप्रै साक्षीको बयान लिएका छौँ जसले लाइसेन्स देखेका छन् र यो साँच्चै नै थियो भनेर पुष्टि गरेका छन् ।’

‘यो पूर्ण रूपमा सम्भव छ कि अनुसन्धानको क्रममा लाइसेन्स हतियारबाट अलग भएको र यो सबै एक गलत बुझाइको नतिजा हो ।’

तेस्रो व्यक्तिको पहिचान माइल्स रटलेजको रूपमा भएको छ । २३ वर्षका रटलेज बर्मिङ्घममा बस्छन् र उनलाई अगस्ट २०२१ मा बेलायती सेनाले अफगानिस्तानबाट सुरक्षित बाहिर निकालेका थिए ।

रटलेजले खतरनाक देशको भ्रमण गरेर उनीहरूको तस्बिर सोसल मिडियामा राखेर मानिसहरूको ध्यान आकर्षित गरेका थिए ।

रिचर्डस्ले स्काई न्युजलाई भने, ‘हाम्रो जानकारीका अनुसार हामीलाई लाग्छ कि उनीहरू तीनै जना स्वस्थ छन् र उनीहरूमाथि राम्रो व्यवहार गरिँदै छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप