सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुखको ‘जवान’ मा दीपिकाको इन्ट्री

आइतबार, १९ चैत २०७९, १४ : २९
आइतबार, १९ चैत २०७९

मुम्बई । शाहरुखका फ्यान अहिले फिल्म ‘जवान’ को प्रतिक्षामा छन् । छायांकन भइरहेको फिल्मको एक्सन पाटोको भर्खर सकिएको छ । निर्माण युनिट अहिले फिल्मको गीत छायांकन जुटेको छ । निर्माण युनिटले यो अप्रिलमा ‘जवान’ का लागि दुई गीत छायांकन गर्ने योजनामा छ । जसको कम्पोज अनिरुद्रले गरेका छन् । एकपछि अर्काे गीत छायांकन हुनेछ ।

मिडिया रिपोर्टका अनुसार अब छायांकन हुने गीतमा दीपिका पादुकोण पनि भित्रिएकी छन् । दीपिका र शाहरुखको जोडी रहेको फिल्म ‘पठान’ केही पहिले आएको थियो । जुन दर्शकले निकै रुचाएका थिए । फिल्ममा दीपिकाको प्रवेशले फिल्मप्रति दर्शकका कौतुलता झन् बढाएको छ । फिल्ममा दीपका भित्रिएको बिषयमा आधिकारिक पुष्टि हुन बाँकी रहेको छ । 

‘जवान’ को अहिले भिएफएक्स र पोस्ट प्रोडक्सनमा भइरहेको छ । फिल्मको अन्तिम प्रिन्ट १० मेमा तयार हुनेछ । २ जुन २०२३ रिलिज मिति तोकिएको फिल्ममा साउथ स्टार विजय सेतुपतिको नेगेटिभ भुमिका छ । फिल्मका एटली निर्देशन गरेका हुन् । एटलीको यो हिन्दी फिल्म निर्देशनमा डेब्यु हो । फिल्ममा अभिनेता संजय दत्तको पनि केमियो भूमिका रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप