शाहरुखको ‘जवान’ मा दीपिकाको इन्ट्री
मुम्बई । शाहरुखका फ्यान अहिले फिल्म ‘जवान’ को प्रतिक्षामा छन् । छायांकन भइरहेको फिल्मको एक्सन पाटोको भर्खर सकिएको छ । निर्माण युनिट अहिले फिल्मको गीत छायांकन जुटेको छ । निर्माण युनिटले यो अप्रिलमा ‘जवान’ का लागि दुई गीत छायांकन गर्ने योजनामा छ । जसको कम्पोज अनिरुद्रले गरेका छन् । एकपछि अर्काे गीत छायांकन हुनेछ ।
मिडिया रिपोर्टका अनुसार अब छायांकन हुने गीतमा दीपिका पादुकोण पनि भित्रिएकी छन् । दीपिका र शाहरुखको जोडी रहेको फिल्म ‘पठान’ केही पहिले आएको थियो । जुन दर्शकले निकै रुचाएका थिए । फिल्ममा दीपिकाको प्रवेशले फिल्मप्रति दर्शकका कौतुलता झन् बढाएको छ । फिल्ममा दीपका भित्रिएको बिषयमा आधिकारिक पुष्टि हुन बाँकी रहेको छ ।
‘जवान’ को अहिले भिएफएक्स र पोस्ट प्रोडक्सनमा भइरहेको छ । फिल्मको अन्तिम प्रिन्ट १० मेमा तयार हुनेछ । २ जुन २०२३ रिलिज मिति तोकिएको फिल्ममा साउथ स्टार विजय सेतुपतिको नेगेटिभ भुमिका छ । फिल्मका एटली निर्देशन गरेका हुन् । एटलीको यो हिन्दी फिल्म निर्देशनमा डेब्यु हो । फिल्ममा अभिनेता संजय दत्तको पनि केमियो भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण