लालबन्दी नगरपालिकाका शिक्षा शाखा प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबन्दी नगरपालिका, नगरकार्यपालिकाको कार्यालयका शिक्षा शाखा प्रमुख (उपसचिव) वासुदेव तिमल्सिनासहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार तिमल्सिना साबिक जिल्ला शिक्षा कार्यालय सर्लाहीको उप जिल्ला शिक्षा अधिकारी रहँदा साबिक डिम जनता उच्च माध्यमिक विद्यालय, सर्लाहीमा उच्च माध्यमिक शिक्षक अनुदान कोटामा नियुक्त नै नभएका पाँचु रायलाई नियुक्ति प्रक्रिया, हाजिरी रेकर्ड लगायतका अभिलेख बेगर नै पदस्थापन गरेको आरोपमा मुद्दा दायर गरिएको हो । तत्कालीन उप जिल्ला शिक्षा अधिकारी तिमल्सिनाले पाँचु रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालय सर्लाहीको तत्कालीन उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न साबिक जिल्ला शिक्षा कार्यालय, सर्लाहीको नियुक्ति समर्थन÷अभिलेख कायम तथा सरुवा पदस्थापन विषयको नक्कली लिखत बनाएको आयोगको दाबी छ ।
यस्तै, साबिक डिम जनता उच्च मावि, परवानीपुर, सर्लाहीका तत्कालीन प्राचार्य तथा हाल रामअवतार जनता मावि हरिवनका प्रधानाध्यापक नारायण प्रसाद बरालले शिक्षक पाँचु रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालयको उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न नक्कली लिखत बनाएको ठहर गर्दै आयोगले उनीविरुद्ध पनि आरोपपत्र दायर गरेको छ ।
यसैगरी केश्वर गरिब जनता माध्यमिक विद्यालय, हरिपूर्वाका शिक्षक पाँचु रायले साबिक डिम जनता उच्च मावि सर्लाहीको निर्णयानुसार उच्च माध्यमिक शिक्षकको रुपमा करार नियुक्ति भएको भन्ने व्यहोरा उल्लेख भएको नियुक्तिको नक्कली लिखत तयार गर्न र साबिक जिल्ला शिक्षा कार्यालय सर्लाहीबाट उक्त नियुक्तिको समर्थन÷अभिलेख कायम गरी केश्वर गरिब जनता मावि हरिपूर्वामा सरुवा पदस्थापनको नक्कली लिखत बनाएको भन्दै आयोगले उनीविरुद्ध पनि मुद्दा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण