उत्पादन कटौती गर्ने ओपेकको निर्णयसँगै बढ्न थाल्यो कच्चा तेलको मूल्य
काठमाडौँ । कच्चा तेलको उत्पादन कटौती गर्ने उत्पादक राष्ट्रहरुको निर्णयसँगै कच्चा तेलको मूल्य बढ्न थालेको छ । कच्चा तेलको मूल्य घट्न थालेपछि ओपेक राष्ट्रहरुले उत्पादन कटौतीको निर्णय लिएका थिए । यो निर्णयसँगै विश्व बजारमा तेलको मूल्य पुनः उकालो लाग्न थालेको हो ।
यो समाचार तयार पार्दासम्ममा ब्रेन्ट बेञ्चमार्कको कच्चा तेलको मूल्य ०.१५ प्रतिशतले उकालो लागेको छ । यो विश्वभर किनबेच हुने बेलायती बेञ्चमार्क हो । खाडी राष्ट्रहरुले यहि बेञ्चमार्कलाई आधार मानेर कच्चा तेल निर्यात गर्छन् ।
मूल्य बढेसँगै ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । यस्तै,अमेरिकामा प्रयोग हुने डब्लूटीआई कच्चा तेलको मूल्य समेत ०.११ प्रतिशतले बढेर प्रतिब्यारेल ८०.७० अमेरिकी डलर पुगेको छ ।
ओपेक राष्ट्रहरुले विश्वलाई नै चकित पार्ने गरी एक्कासि तेल उत्पादन कटौतीको घोषणा गरेका थिए । यससँगै, विश्वभर तेलको मूल्यले पुनः आकाश छुने आँकलन गर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण