शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उत्पादन कटौती गर्ने ओपेकको निर्णयसँगै बढ्न थाल्यो कच्चा तेलको मूल्य

शनिबार, २५ चैत २०७९, १७ : १२
शनिबार, २५ चैत २०७९

काठमाडौँ । कच्चा तेलको उत्पादन कटौती गर्ने उत्पादक राष्ट्रहरुको निर्णयसँगै कच्चा तेलको मूल्य बढ्न थालेको छ । कच्चा तेलको मूल्य घट्न थालेपछि ओपेक राष्ट्रहरुले उत्पादन कटौतीको निर्णय लिएका थिए । यो निर्णयसँगै विश्व बजारमा तेलको मूल्य पुनः उकालो लाग्न थालेको हो ।

यो समाचार तयार पार्दासम्ममा ब्रेन्ट बेञ्चमार्कको कच्चा तेलको मूल्य ०.१५ प्रतिशतले उकालो लागेको छ । यो विश्वभर किनबेच हुने बेलायती बेञ्चमार्क हो । खाडी राष्ट्रहरुले यहि बेञ्चमार्कलाई आधार मानेर कच्चा तेल निर्यात गर्छन् ।

मूल्य बढेसँगै ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । यस्तै,अमेरिकामा प्रयोग हुने डब्लूटीआई कच्चा तेलको मूल्य समेत ०.११ प्रतिशतले बढेर प्रतिब्यारेल ८०.७० अमेरिकी डलर पुगेको छ ।

ओपेक राष्ट्रहरुले विश्वलाई नै चकित पार्ने गरी एक्कासि तेल उत्पादन कटौतीको घोषणा गरेका थिए । यससँगै, विश्वभर तेलको मूल्यले पुनः आकाश छुने आँकलन गर्न थालिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप