मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

ज्याकलिनलाई जेलबाट सुकेशको नयाँ पत्र : लेखे, ‘तिमीलाई नसम्झिएको कुनै पल छैन, तिमीलाई पनि त्यस्तै हुन्छ थाहा छ’

सोमबार, २७ चैत २०७९, ११ : २३
सोमबार, २७ चैत २०७९

सुकेश चन्द्रशेखरले जेलबाट पत्र लेखेर ज्याकलिन फर्नान्डिजलाई फेरि इस्टरको शुभकामना दिएका छन् । यसमा उनले लेखेका छन्, ‘टिभीमा जति बेला विज्ञापन देख्छु, तिमीलाई मिस गर्न थाल्छु । म त्यसपछि तिम्रो बारेमा मात्रै सोच्ने गर्छु । तिमीलाई थाहा नै छैन कि तिमी कति राम्री छौ । यो पूरै ब्रह्माण्डमा तिमीभन्दा सुन्दर कोही छैन । माई र्याबिट.... मेरो बच्चा । म तिमीलाई असाध्यै माया गर्छु ।’

२०० करोडको मनी लन्ड्रिङ केसमा दिल्लीको मंडोली जेलमा कैद सुकेश चन्द्रशेखरका वकिल अनन्त मलिकले यो पत्र जारी गरेका हुन् । यसमा सुकेशले लेखेका छन्, ‘म तिमीलाई यो इस्टरको मौकामा अलि बढी नै मिस गरिरहेको छु । मलाई याद छ – इस्टरको मौकामा तिमी कसरी बच्चाले झैँ अण्डा फुटाउँथ्यौ र त्यसमा चकलेटहरू हाल्थ्यौ । यो तिमीलाई मनपर्ने चाडमध्येको एक हो । म वचन गर्छु कि अर्को इस्टर तिम्रो जीवनकै उत्कृष्ट हुनेछ ।’

गीत सुन्दा सुकेशलाई ज्याकलिनको याद आउँछ

सुकेशले आफ्नो चिठ्ठीमा लेखेका छन् – मैले तिम्रो बारेमा न सोचेको कुनै पल छैन । मलाई थाहा छ तिमीले मेरा बारे यस्तै महसुस गर्छौ । तिम्रो यो सुन्दर मनमा के छ मलाई राम्ररी थाहा छ । मैले भर्खरै ‘तुम मिले दिल खिले’ को नयाँ संस्करण सुनिरहेको थिएँ, यो गीत सुनेर मलाई तिम्रो याद आइरहेको थियो । ’ सुकेशले यहाँ सन् १९९४ को फिल्म क्रिमिनलको चर्चित गीतबारे कुरा गरिरहेका छन् ।

आफ्नो जन्मदिनमा ज्याकलिनलाई मिस गरिरहेका थिए सुकेश

सुकेशले यसअघि २५ मार्चमा आफ्नो जन्मदिनको मौकामा ज्याकलिनको नाममा एउटा पत्र लेखेका थिए । उक्त पत्रमा उनले लेखेका थिए, ‘माई बेबी ज्याकलिन, मेरी बोम्मा, आफ्नो जन्मदिनमा मैले तिमीलाई धेरै मिस गरेँ । मैले आफ्नो वरिपरि तिम्रो ऊर्जा महसुस गरेँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप