आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जलविद्युत उत्पादन तथा बिक्री सम्बन्धी सम्झौताका लागि संसदीय संयन्त्र गठन गर्न सांसद शर्माको माग

सोमबार, २७ चैत २०७९, १९ : ०१
सोमबार, २७ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले प्रधानमन्त्रीको भारत भ्रमणभन्दा अगाडि जलविद्युत उत्पादन तथा बिक्री सम्बन्धी सम्झौताका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गर्न माग गरेका छन् ।  

सोमबार प्रतिनिधि सभा बैठकमा सांसद शर्माले केही समय अघि भारतका व्यवसायीहरुसँग भेट्दा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत् विकास तथा व्यापार सम्झौता हुनसक्ने आधार देखेको उल्लेख गरे ।   

उनले भारतीय व्यवसायीहरुले नेपालको विद्युत् उत्पादन गर्न अन्य देशलाई दिएकोमा गुनासो गरेको बताए । उनले भारतका व्यवसायीहरुले विद्युत् उत्पादन अरु देशलाई गर्न दिने तर विद्युत् खपतको लागि भारतले किनिदिनु पर्ने वैज्ञानिक नभएको गुनासो गरेको बताए । उनले  नेपालको जलाशयको क्षमता अनुसार २३ वटा परियोजनाबाट सन् २०३० सम्म ३० हजार मेगवाट क्षमताको विद्युत उत्पादन गर्न सकिने दाबी गरे । उनले  ३० हजार मेगवाट क्षमताको विद्युत् उत्पादनका लागि भारत र बंगलादेशका लगानीकर्तालाई पनि आकर्षित गर्न सकिने उल्लेख गरे ।  

उनले विगतका प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाने तर कुनै पनि राम्रो सम्झौता गर्न नसकेको बताए । उनले अहिलेसम्म भारतसँग विद्युत् व्यापार सम्झौता ४५२ मेगावट रहेको त्यो पनि वर्षा आयममा रहेको बताए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप