शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

फोनपेबाट भुक्तानी गर्दा स्कुटर र सुन उपहार

मङ्गलबार, २८ चैत २०७९, ११ : ०७
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ | फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो ! क्यूआरमा उपहार जित्ने हो !’ योजना ल्याएको छ । २०७९ चैत २९ देखि २०८० वैशाख ५ गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको यस योजनामा सहभागी भई १ तोला सुन र स्कुटर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोनपेको क्युआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् भने भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत १ तोला सुन जित्न सक्नेछन् ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने, “फोनपेको नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने र प्रयोगकर्ताहरूलाई क्युआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य अनुरूप ‘फोनपे गर्ने हो !’ अभियान ल्याइएको हो ।” यसको लक्ष्य प्रयोगकर्ता र व्यवसायीहरूलाई समान रूपमा डिजिटल भुक्तानीको सजिलो, छिटो र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहित गर्ने भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप