नेपाल बारका प्रतिनिधिले आज प्रधानमन्त्रीलाई भेट्दै
काठमाडौँ। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने भएको छ ।
यसका लागि बिहीबार बिहान ८ बजे प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । यसअघि मंगलबार पत्रकार सम्मेलन गरेर बारले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
एक वर्षदेखि न्यायपालिका नेतृत्वविहीन भएकाले अब बार चुप लागेर नबस्ने भन्दै अध्यक्ष घिमिरेले १० दिनभित्र पनि प्रधानन्यायाधीश प्रक्रिया अघि नबढाइए आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर सङ्घर्षमा उत्रिने चेतावनी दिए । प्रधानन्यायाधीश नहुँदा कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको उनको भनाइ छ ।
यसबारे भेटमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउन र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न आग्रह गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण