डढेलो फैलिन थालेपछि बस्ती जोखिममा

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ ।
मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । त्रियुगा नगपालिका–१३ असारी, भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो फैलिएर घर नजिकसम्म पुग्न थालेको भुसुनेको कर्णबहादुर रायले बताए । गाउँलेले मिलेर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
डिभिजन वन कार्यालय गाईघाटका अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जङ्गलमा घाँसदाउरा गर्ने र गोठालो जानेले आगो लगाएको बताए । डिभिजन वन कार्यालय कटारीअन्तर्गत एक सय ५४ र गाईघाटअन्तर्गत दुई सय पाँच सामुदायिक वन छन् । एक महिनाअघि पनि यसरी नै विभिन्न सामुदायिक वनमा डढेलो लागेको थियो । वर्षा भएपछि डढेलो नियन्त्रणमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना