सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा नयाँ शाखा संचालनको अवसरमा वात्सल्यले नि:शुल्क आई.यू.आई र अल्ट्रासाउण्ड सेवा दिने

आइतबार, ०३ वैशाख २०८०, १४ : ००
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । नि:सन्तान सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्दै आएको वात्सल्य नेचुरल आई. भी. एफ.  ले भक्तपुरको गट्ठाघर चोकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। नयाँ वर्षबाट संचालनमा ल्याइएको क्लिनिकले भक्तपुर र आसपासका क्षेत्रमा वसोबास गर्ने दम्पतिलाई सहजता प्रदान गर्ने कार्यकारी निर्देशक प्रशान्त सुवेदीले विश्वास व्यक्त गरे । 
नयाँ शाखा सञ्चालनको अवसरमा भक्तपुरबाट सीमित समयका लागि अल्ट्रासाउण्ड र आई. यू. आई नि:शुल्क प्रदान गरिने उनको भनाइ छ  । 

उनले भने, “नयाँ वर्षमा नयाँ शाखा संचालनको अवसर पारेर हामीले सिमित समयका लागि अल्ट्रासाउण्ड र आई. यू. आई नि:शुल्क प्रदान गर्दैछौँ ।” सन्तान प्राप्त गर्न नसकेका तर खर्च धेरै हुने सोचका  कारण आधुनिक उपचारमा जान नचाहने दम्पतिका लागि यो अवसर आफ्नो प्रजनन् अवस्था बुझ्न र आई. यू. आई. मार्फत् सन्तान प्राप्त गर्न राम्रो अवसर सावित हुन सक्ने वात्सल्यको भनाइ छ।

उक्त शाखामार्फत सन्तान नहुने समस्या सम्बन्धि परामर्श, कारण पहिचानका लागि विभिन्न परीक्षण, आई.यू. आई, गर्भावास्था बेलाको जाँच र परामर्शलगायतका सेवा उपलब्ध हुने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप