राष्ट्रियसभालाई सरकारले संघीय संसद्को रूपमा स्विकार्न सकेन : सांसद देव
सोमबार, ०४ वैशाख २०८०, १६ : २५
काठमाडौँ । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसद्को रूपमा स्विकार्न नसकेको आरोप लगाएका छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको महत्त्व बराबर भएपनि सरकारले त्यसलाई स्विकार्न नसकेको बताए । उनले सरकारले राष्ट्रियसभा बिना संघीय संसद् हुनसक्दैन भन्नेकुरा मान्न नसकेको बताए ।
उनले प्रतिनिधि सभाभन्दा राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर नरहेको जिकिर गरे । उनले राष्ट्रिय सभाका ४ वटा समितिहरूले दिने निर्देशन र सुझाव सरकारले गम्भीरताका साथ नलिएको पनि बताए ।
राष्ट्रिय सभा सदस्य देवले आगामी दिनमा सरकारले संसदीय समितिहरूले दिने निर्देशन र सुझावलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण