सेतीमा कर्मचारी भर्ना निष्पक्ष हुनुपर्छ भनेका भट्टमाथि माओवादीको कारबाही

धनगढी । सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी भर्ना प्रक्रियाको विरोध गर्दा डिल्लीराज भट्ट नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका छन् ।
अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहेका नेता भट्टलाई नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
पार्टीको विधि र नीति विपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी गरी निष्कासन गरेको जनाइएको छ । नगर कमिटी सचिव रमेश भट्टराईले पार्टीको अनुशासन विपरीत काम गरेकाले भट्टलाई कारबाही गरिएको बताए ।
सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी भर्नामा अनियमितता भइरहेको भन्दै भट्टले प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।हेमराज पाण्डेलाई विधिसम्मत काम गर्न ध्यानाकर्षण गराएका थिए । सोही विषयलाई लिएर माओवादी केन्द्रको धनगढी नगर कमिटीका अध्यक्ष सुरज खातीले २८ चैतमा भट्टलाई स्पष्टीकरण सोधेका थिए ।
भट्टले दुईभित्र जवाफ पेश गरेको भएपनि चित्त नबुझेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरिएको हो । भट्ट माओवादी केन्द्रको धनगढी नगर सचिवालय सदस्य, प्रचारप्रसार विभाग प्रमुख र वडा नम्बर ४ को इन्चार्जको जिम्मेवारीमा थिए ।
प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य भट्टले भने पार्टीले गरेको कारबाही आन्तरिक विषय भएको प्रतिक्रिया दिएका छन् । उनले पार्टी कमिटी र नेतृत्वसँग कारबाहीको विषयमा आफूले छलफल गरिरहेको बताउँदै अस्पताल व्यवस्थापन समितिको सदस्यको हैसियतमा व्यक्तिगत स्वार्थपूर्ति गर्न ऐन, कानुन विपरीत काम गर्न नसक्ने बताएका छन् ।
उनले अस्पतालमा कर्मचारी भर्ना गर्दा पारदर्शी हुनुपर्छ भन्दा कारबाही भोग्नु आपत्ति जनक भएको बताए ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ