बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पुल निर्माणमा अनियमितता भएको ठहर गर्दै अख्तियारद्वारा २३ जनाविरुद्ध मुद्दा दायर

बिहीबार, ०७ वैशाख २०८०, १७ : ०१
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नम्बर ४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कलभर्ट निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले उक्त गाउँपालिकाकाका तत्कालीन अध्यक्ष राम बल्लभ साह, उपाध्यक्ष आशा देवी यादव, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित २३ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो । 

पुल निर्माणका सम्बन्धमा जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा भुक्तानी नै गर्न नमिल्ने रकम भुक्तानी गरेर भ्रष्टाचार भएको पाइएको अख्तियारको भनाइ छ ।  

२३ जना प्रतिवादीहरू उपर फरक फरक सजाय र बिगो बमोजिमको जरिवाना गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता भोला दाहालले जनकारी दिए । 

जसमा राम बल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपैयाँ मागदाबी गरिएको छ । मिलेमतोमा नियम विपरीत प्रतिवादीहरूले २६,४६,०२७ र ५,२८,४४० भुक्तानी गरेको अख्तियारको ठहर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप