आगलागी
गोदावरीको जंगलमा भीषण आगलागी, उपत्यकाका दमकल परिचालन
बिहीबार, ०७ वैशाख २०८०, १९ : ५१

काठमाडौँ । ललितपुरस्थित गोदावरीको जंगलमा भीषण आगलागी भएको छ । बिहीबार गोदावरी नगरपालिका ६ जुरेडाँडामा आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रवीण पोखरेलका अनुसार आगलागी नियन्त्रण गर्न उपत्यकाका सबैजसो दमकल परिचालन गरिएको छ ।
आगलागी नियन्त्रणका लागि उपत्यकाका सबैजसो एम्बुलेन्स र दमकलहरु पठाइए पनि भीषण आगलागी भएकाले नियन्त्रणमा लिन नसकिएको उनले बताए ।
आगलागी नियन्त्रण गर्न दमकल र सुरक्षाकर्मीको टोलीले प्रयास जारी राखेको उनले बताए । उनले तत्काल वस्तीमा जोखिम नभएपनि उच्च सावधानी अपनाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
-
सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु
-
तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते
-
समर्थन मूल्यमा चैते धान बिक्री नहुँदा किसान निराश
-
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता
-
सी जिनपिङको उदाहरण दिँदै ओलीले भने– ७० वर्ष उमेरहद फेल खाइसक्यो