सुनकोशी–मरिन डाइभर्सनको काम १८ दिनदेखि ठप्प
सिन्धुली । सुनकोशी-मरिन डाइभर्सनमा १८ दिनदेखि सुरुङ खन्ने काम ठप्प भएको छ। सुक्खा माटो खसेर टनेल बोरिङ मेसिन (टीबीएम) मेसिन पुरिए पछि १६ दिन देखी काम ठप्प भएको हो ।
आयोजनाका प्रमुख मित्र बरालका अनुसार टनेल बोरिङ मेसिन पुरिएर काम ठप्प भए पछि बाइपास सुरुङ बनाएर आयोजनाको काम सुचारु गर्ने प्रयास भइरहेको छ । सो बाइपास सुरुङ बनाउनका लागि पनि कम्तीमा ७ दिन लाग्ने हुँदा झन्डै एक महिनासम्म आयोजनाको काम ठप्प हुनेछ ।
‘सुख्खा माटो झरेर टीबीएम सुरुङ भित्र पुरिएपछि त्यसलाई निकाल्न बाइपास सुरुङ खनेर निकाल्ने प्रयास गरिरहेका छौँ, भित्र माटो खस्ने क्रम अझै जारी रहेकाले समस्या भइरहेको छ, यद्यपी बाइपास सुरुङ खनेर टिबिएम निकाल्नका लागि कम्तीमा एक हप्ता लाग्ने अनुमान गरी काम गरिरहेका छौँ’ उनले भने ।
यसअघि पनि सुख्खा माटो खसेर टिबीएम सञ्चालनमा समस्या भए पछि ९ दिन लगाएर बाइपास सुरुङ खनी काम सुचारु गरिएको थियो । हाल ४.६६ किलोमिटर सुरुङ खनी सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण