हावाहुरीका कारण आधाघण्टा उडान प्रभावित
शुक्रबार, ०८ वैशाख २०८०, १८ : ००
काठमाडौँ । आकस्मिक मौसम बदलीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित हुन पुगेको छ । शुक्रबार दिउँसो २ बजेदेखि शुरु भएको मौसम अदलिबदली सहितको हावा हुरीका कारण लगभग ३० मिनेट हवाई उडान अवतरण प्रभावित हुन पुगेको त्रिभूवन विमानस्थलले जनाएको छ । तर अहिले वातावरण सहज भएसँगै स्थिति सामान्य बनेको विमानस्थलले जानकारी दिएको छ ।
खराब मौसमकाबीच ३० मिनेट उडान अवतरण दोहाबाट आएको कतार एयरवेज र दिल्लीबाट आएको एयर भिस्टारा विमान केही मिनेट आकाशमै होल्ड गर्नुपरेको विमानस्थल सूचना विभागले जानकारी दिएको छ । । अन्य उडानहरु भने प्रभावित नभएको विमानस्थलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण