शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सुडानमा सैन्य द्वन्द्व चर्कियो, थुप्रै देशले आफ्ना कूटनीतिज्ञलाई निकाले

सोमबार, ११ वैशाख २०८०, १२ : २१
सोमबार, ११ वैशाख २०८०

सुडानमा सेना र अर्धसैनिक र्‌यापिड सपोर्ट फोर्सबीच भिडन्त थप चर्किएको छ । यी दुईबीचको भीषण सङ्घर्षका बीच थुप्रै देशले यहाँबाट आफ्ना कूटनीतिज्ञलाई निकाल्न थालेका छन् ।

सुडानमा जारी द्वन्द्व आइतबार नवौँ दिनमा प्रवेश गरेको छ तर झडपमा संलग्न दुई पक्षबीच समाधानको सङ्केत देखिएको छैन । इदको अवसरमा एक दिनका लागि मात्रै  युद्ध विराम गरिएको थियो ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले ट्विट गर्दै देशको सशस्त्र सेनाले सुडानबाट बेलायती कूटनीतिज्ञ र उनका परिवारका सदस्यलाई निकालेको जानकारी दिए । साउदी अरेबियाले आफ्ना १५७ जनालाई त्यहाँबाट निकालेको छ ।

अमेरिका र बेलायतले खार्तुमबाट आफ्ना कूटनीतिज्ञलाई विमानमार्फत उद्धार गरेको छ ।  फ्रान्स, जर्मनी, इटाली, भेनेजुएला र क्यानडाले आफ्ना नागरिकलाई बाहिर निकालेको पुष्टि गरेका छन् ।

यद्यपि सुडानी नागरिक पनि देशभित्र सुरक्षित स्थानको खोजीमा छन् । धेरै मानिस ज्यान जोखिममा पारेर खतरनाक सडक पार गरेर इजिप्ट गइरहेका छन् ।

एसोसिएटेड प्रेसका अनुसार सुडान द्वन्द्वमा हालसम्म ४२० जनाको मृत्यु भइसकेको छ । जसमध्ये २६४ जना सर्वसाधारण रहेका छन् । ३७०० जना घाइते भएको पनि समाचार छ । सुडानमा भएको द्वन्द्वले अहिले भीषण रूप लिएको छ ।

र्‌यापिड सपोर्ट फोर्सले आफ्ना सशस्त्र लडाकुहरूले काफोरी र खार्तुमसँग जोडिएको क्षेत्रमा हवाई आक्रमण गरेको बताएको छ । अहिले सेनाको तर्फबाट कुनै वक्तव्य आएको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप