सुडानमा सैन्य द्वन्द्व चर्कियो, थुप्रै देशले आफ्ना कूटनीतिज्ञलाई निकाले
सुडानमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीच भिडन्त थप चर्किएको छ । यी दुईबीचको भीषण सङ्घर्षका बीच थुप्रै देशले यहाँबाट आफ्ना कूटनीतिज्ञलाई निकाल्न थालेका छन् ।
सुडानमा जारी द्वन्द्व आइतबार नवौँ दिनमा प्रवेश गरेको छ तर झडपमा संलग्न दुई पक्षबीच समाधानको सङ्केत देखिएको छैन । इदको अवसरमा एक दिनका लागि मात्रै युद्ध विराम गरिएको थियो ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले ट्विट गर्दै देशको सशस्त्र सेनाले सुडानबाट बेलायती कूटनीतिज्ञ र उनका परिवारका सदस्यलाई निकालेको जानकारी दिए । साउदी अरेबियाले आफ्ना १५७ जनालाई त्यहाँबाट निकालेको छ ।
अमेरिका र बेलायतले खार्तुमबाट आफ्ना कूटनीतिज्ञलाई विमानमार्फत उद्धार गरेको छ । फ्रान्स, जर्मनी, इटाली, भेनेजुएला र क्यानडाले आफ्ना नागरिकलाई बाहिर निकालेको पुष्टि गरेका छन् ।
यद्यपि सुडानी नागरिक पनि देशभित्र सुरक्षित स्थानको खोजीमा छन् । धेरै मानिस ज्यान जोखिममा पारेर खतरनाक सडक पार गरेर इजिप्ट गइरहेका छन् ।
एसोसिएटेड प्रेसका अनुसार सुडान द्वन्द्वमा हालसम्म ४२० जनाको मृत्यु भइसकेको छ । जसमध्ये २६४ जना सर्वसाधारण रहेका छन् । ३७०० जना घाइते भएको पनि समाचार छ । सुडानमा भएको द्वन्द्वले अहिले भीषण रूप लिएको छ ।
र्यापिड सपोर्ट फोर्सले आफ्ना सशस्त्र लडाकुहरूले काफोरी र खार्तुमसँग जोडिएको क्षेत्रमा हवाई आक्रमण गरेको बताएको छ । अहिले सेनाको तर्फबाट कुनै वक्तव्य आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण