क्यानडामा वेटरको काम लगाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
मङ्गलबार, १२ वैशाख २०८०, १६ : १५
काठमाडौँ । वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छन् । पोखरा घर भई हाल गोकर्णेश्वर–५ बस्ने विपना कुँवरले सुनिता गोतामेलाई क्यानडामा वेटरको काम लगाइदिन्छु भन्दै ९ लाख रुपैयाँ ठगी गरेकी थिइन् ।
पीडितबाट पटकपटक गरी रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरेको थियो । कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले ३४ वर्षीया कुँवरलाई गोकर्णेश्वरको जम्बुडाँडाबाट पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण